सुरू भयो म्याग्दी महोत्सव(फोटो फिचर)

पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको सुरू भएको छ। म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न संघसंस्थाले आफ्ना झाँकी सहित बजार परिक्रममा गरेका छन् । महोत्सवको प्रमुख अतिथि उद्योगमन्त्री महेश बस्नेतले गर्ने कार्यक्रम रहेको छ । बजार परिक्रममाको क्रममा विभिन्न झाँकी, भेषभुषा सहित लोपउन्मुख कला र सांस्कृतिको प्रर्दशन गरिएको थियो ।
???????????????????????????????
बा्रमहण समाज, क्षत्री समाज, नेपाल भाषा मंकाखल, मगर संग, मुस्लिम समाज, छन्त्याल संघ सहित जिल्लाका अधिकाँस संघसंस्थाको उपस्थिति रहेको थियो । महोत्सवलाई विगतका भन्दा एतिहाँसिक बनाउने प्रयास भइरहेको संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बताउनुभयो । महोत्सवलाई लक्षित गरेर बेनीबजार सहित आसपासका क्षेत्र दुलहीजस्तै सिंगारिएका छन् ।
???????????????????????????????
महोत्सवमा सहभागि हुन जिल्लाका साथै बागलुङ, पर्वत लगाएतका जिल्लाबाट समेत दर्शकको आगमन भएको छ । विगतका महोत्सव भन्दा करिव एकहप्ता अगाडी सञ्चालन गरिएको महोत्सवलाई म्याग्दीबासीले आफ्नो प्रतिष्ठाका रुपमा लिएका छन् ।
???????????????????????????????
बेनीबजार तथा आसपासका क्षेत्रमा स्थानियले आफ्नो ब्यक्तिगत लगानीमा समेत स्वागत गेट निर्माण गर्नुका साथै सरसफाई लगाएतका गतिविधिमा सहभागिता जनाइरहेका छन् । महोत्सवमा स्थानीय कृषि, घरेलु र लघुउद्यमीका उत्पादन देखि सूचना प्रबिधी, औद्योगिक र ब्यापारीक प्रर्दशनी हुने भएको छ । त्यस्तै परम्परागत कला र संस्कृतिको संरक्षण गर्न १० बर्षपछि हनुमान नाँचका साथै जिल्लाका लोपउन्मुख नृत्य प्रर्दशन गरिएको छ ।
???????????????????????????????
महोत्सवमा महोत्सवमा स्थानिय प्रतिभालाई प्रोत्साहन, उत्पादनको प्रर्वद्धन र जलविद्युतका साथै सम्भावनायुक्त क्षेत्रको प्रचारप्रसार, रुमको स्लेट ढुङ्गा, राखु भगवतिको खरी लगाएत विभिन्न किसिमका उत्पादनलाई समेत प्रर्दशन तथा विक्री गरिने छ । महोत्सवमा कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, विभिन्न गैरसरकारी कार्यालय लगाएत म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तरगतको महिला उद्यम विकास समितिले समेत म्याग्दीको उत्पादनलाई स्थटलमा राखिएको छ ।
???????????????????????????????
महोत्सवमा हेलीकप्टर मार्फत पर्यटकीय तथा धार्मीक स्थलको दृष्याअवलोकन, कालीगण्डकीमा ¥याफ्टीङ, अस्ट्रीच, अजिंगर,विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनीर रमाईलो मेला महोत्सवको थप आकर्षणका रुपमा रहेको छ । महोत्सव अवधिभर खुल्लामञ्चमा निशुल्क इन्र्टनेट, स्टलको सुरक्षाका लागि सिसि क्यामेरा जडान तथा महोत्सवस्टन नजिक रहेको कालिगण्डकीबाट उत्पादिन विजुलीको प्रर्द“शनी समेत गरिने छ । ८० लाख आम्दानी र ७० लाख खर्च अनुमान गरेको छ । संघले २०६०, २०६३, २०६५ र २०६८ गरी यस अघि चार पटक म्याग्दी महोत्सवको सम्पन्न गरिसकेको छ ।
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????
???????????????????????????????