म्याग्दी महोत्सवमा प्रशान्त तामाङ आउने

indexपाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलामा चर्चित गायक प्रशान्त तामाङ आउने भएका छन् । भारतीय टेलिभिजन च्यानल सोनी इन्र्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण हुने ईण्डियन आइडल २००७ नामक कार्यक्रमबाट चर्चाको शिखरमा आएका तामाङले दर्जनौ नेपाली गितका साथै फिल्म समेत खेलेका छन्।

गायन र अभिनयलाई संगसंगै लैजान सफल भएका तामाङले पुष २९ गते आफ्नो प्रस्तुती दिने कलाकार ब्यवस्थापन उपसमिति एवम् म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले बेनीअनलाइनलाई बताए । ‘तामाङको आगामले दर्शकमा रौनकता ल्याउने छ । हामीले उहाँलाई स्वागत गर्न आतुर छौ’ उनले भने । महोत्सवको उद्घाटन अर्थात पुष २५ देखि स्थानिय तथा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुती दिनेछन् । हरिकृष्ण गौतम