म्याग्दी महोत्सव : दुलहीजस्तै सिँगारिदै बेनीबजार

म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा हुने पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलालाई लक्षित गरेर बेनीबजारलाई झिलिमिली बनाउन थालिएको छ । महोत्सवलाई आफ्नो प्रतिष्ठिा ठानेका बेनीबजार बासीले आफ्नो घर अगाडी झोजापटका, तुलब्यानर लगाएतका आर्कषण बनाउने थालेका हुन् । दुईदिनभित्र बेनीबजारका हरेक घर तथा चोक र गल्लीले महोत्सवका पाहुनालाई स्वागत तथा आर्कषित गर्नेछ ।
???????????????????????????????
आगामी पुस २५ देखि माघ ४ गते सम्म बेनीको खुल्लामञ्चमा हुने महोत्सवमा बेनीनगरपालिका सहित जिल्लाको सबै गाविसमा उत्पादित बस्तु, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार,आटोमोवाइल सहित आयातित बस्तुका साथै खुल्ला लोक तथा दोहोरी गित प्रतियोगीता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने, लठो तान्ने लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिने संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बताउनुभयो ।
???????????????????????????????
प्रत्येक तिनबर्षमा हुने महोत्सवको क्रममा विरेन्द्रचोक, संगमचोक, हुलाकचोक लगाएत बेनीबजार जोड्ने नाकामा गेटका साथै खुल्लामञ्चमा स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महोत्सवस्थलमा राखिने स्टलमा कृषि तथा ग्रामिण क्षेत्रका उत्पादनलाई न्युन शुल्कका साथै निशुल्क समेत गरिएको छ । एक सय ६८ वटा स्टल मध्ये अधिकाँस वुकिङ्ग भइसकेको छ । महोत्सवलाई लक्षित गरेर माउण्टेन एयरले जिल्लाको पर्यटकीय स्थलका हेलिकप्टर मार्फत अवलोकन, हिमालयन राफ्टिङले धार्मिकस्थल जलेश्वरबाट ¥याफ्टिङ, अजिंगर र अस्ट्रिजको प्रर्दशनी गरिने महासचिव राजेश शाक्यले बताउनुभयो ।
???????????????????????????????
शाक्यले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार मंगलबारसम्म महोत्सवका लागि विभिन्न ब्यक्ति र संस्थामार्फत ४० लाख आर्थिक सहयोग भएको छ भने अन्य क्षेत्रबाट समेत सहयोग आउने क्रम जारी रहेको छ । महोत्सवको अवसरमा जिल्लास्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनीका साथै सदरमुकाम बेनी तथा छोटो दुरीका धार्मिक तथा पर्यटकीयस्थलको पदैलअवलोकन, कालिगण्डकी सरसफाई लगाएत विभिन्न कलात्मक प्रर्दशनी गरिने आयोजकले जनाएका छन् । महोत्सव अवधिभर खुल्लामञ्चमा निशुल्क इन्र्टनेट, स्टलको सुरक्षाका लागि सिसि क्यामेरा जडान तथा महोत्सवस्टन नजिक रहेको कालिगण्डकीबाट उत्पादिन विजुलीको प्रर्द“शनी समेत गरिने छ । ८० लाख आम्दानी र ७० लाख खर्च अनुमान गरेको छ ।
???????????????????????????????
???????????????????????????????