म्याग्दी महोत्सवलाई लक्षित गरी कालिगण्डकीबाट २ किलोवाट विद्युत

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजास्थित कालिगण्डकी नदीबाट एक ब्यक्तिले उपकरण जडान गरी उत्पादनको प्रक्रिया सुरू गरेका छन् । दैनिक हुने लोडसेडिङबाट आजित भएपछि बेनीबजारबासी लाई बैकल्पिक उर्जाको बारेमा जानकारी गराउन म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठले खुल्लामञ्च नजिकबाट २ किलोवाट क्षमता भएको लघु जलविद्युत निर्माणकार्य सुरु गरेका हुन् । तत्काललाई अस्थायी रुपमा सञ्चालन गरेपनि सबैको सहयोग भएमा ५ किलोवाटसम्म उत्पादन गर्न सकिने श्रेष्ठले बेनीअनलाइनलाई बताए ।
???????????????????????????????
विगत २०५७ साल देखि उर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले जिल्लाको सदरमुकाम बेनीबजार आसपासबाट बग्ने म्याग्दी र कालिखोलाबाट बजार तथा आसपासको क्षेत्रमा उर्जाको खपत गर्न सकिने दावी समेत गरे । म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा आगामी पुस २५ देखि माघ ४ गते सम्म बेनीको खुल्लामञ्चमा हुने पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलालाई विद्युत सेवा उपलब्ध गराउन १ लाखको लागतमा निर्माण सुरु गरिएकोमा संघले समेत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । महोत्सवस्थलमा रहेका ब्यापारिक स्टल, मञ्च लगाएत सुरक्षाको हिसावले आवश्यक पर्नेस्थानमा जडान गरिने छ ।
IMG_7168
विद्युत उत्पादनका लागि कुलो निर्माणका साथै टरवाइन, जेनेटर र ६ मिटरको पाइपका साथै अन्य साम्रागी निर्माण गरिएको छ । प्रति सेकेन्ड एक सय लिटर पानी फालेपछि एक हजार वाट उत्पादन गर्न सकिन्छ । एक हजार वाट बराबर एक किलोवाट हुन्छ । एक किलोवाटबाट १ सय चिम बाल्न सकिन्छ । म्याग्दी उर्जाकेन्द्रले जिल्लाका विभिन्न गाविसका साथै ओखलढुङ्गा, रामेछाप, चितवन, मकवानपुर, रुकुम, जाजरकोटका साथै विभिन्न एकदर्जन जिल्लामा ५ देखि १० किलोवाट सम्मको लघुजलविद्युत जडान गरेको छ । हरिकृष्ण गौतम