म्याग्दी महोत्सव : बेनीबजारको खुल्लामञ्चमा यस्तो छ तयारी

म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा हुने पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको प्रमुखस्थल खुल्लामञ्चमा स्टल सहित आवश्यक पुर्वाधार निर्माण कार्यले तिव्रता पाएको छ । महोत्सवको मिति नजिकदैं जाँदा महोत्सवस्थललाई सुरक्षित बनाउनुका साथै शौचालय निर्माण, तारबार, सरसफाई, गेट निर्माण लगाएत विभिन्न तयारी भइरहेको स्टल संयोजक सुविन श्रेष्ठले बताए ।
1459689_599816123483466_4270690747230262496_n
‘स्टल निर्माण करिव अन्तिम चरणमा पुगेको छ । हामीले ब्यापारीको सामान सुरक्षित राख्ने हरेक सुरक्षा अपनाउनेछौ’ उनले भने । खुल्लामञ्चमा विद्युत जडान, खानेपानीका साथै सिमित क्षेत्रमा इन्टरनेटको समेत सुविधा रहने सचिवालय संयोजक एवम् महासचिव राजेश शाक्यले बताए । दैनिक रुपमा संघका पुर्व अध्यक्ष कुविरकुमार श्रेष्ठ, अध्यक्ष जिवनकुमार विश्वकर्मा लगाएतको टिमले अवलोकन गरिरहेका छन् । स्टल निर्माणसँगै आइतबार देखि बजारमा टिकट विक्रीका साथै घरदैलो अभियानका साथै प्रचारप्रसारलाई तिव्रता दिइने छ ।
IMG_7170
आगामी पुस २५ देखि माघ ४ गते सम्म बेनीको खुल्लामञ्चमा हुने महोत्सवमा बेनीनगरपालिका सहित जिल्लाको सबै गाविसमा उत्पादित बस्तु, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार,आटोमोवाइल सहित आयातित बस्तुका साथै खुल्ला लोक तथा दोहोरी गित प्रतियोगीता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने, लठो तान्ने लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
IMG_7173