म्याग्दी महोत्सवको ८० प्रतिशत तयारी सकियो

अमृत बास्कुने
म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा आगामी पुस २५ देखि माघ ४ गते सम्म बेनीमा हुने पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारी ८० प्रतिशत सकिएको आयोजकले जनाएको छ । म्याग्दी उद्योग बाणिज्य संघका महासचिव राजेश शाक्यका अनुसार २५ गते सुरु हुने महोत्सवको तयारी ८० प्रतिशत सकिएको छ ।
???????????????????????????????
म्याग्दी उद्योग बाणिज्य संघले २०६०, २०६३, २०६५ र २०६८ गरी यस अघि चार पटक म्याग्दी महोत्सवको आयोजना गरी सकेको छ । यस पटक ‘उद्योग ब्यापार र कलाको विकास गरौं, संस्ृकतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारा दिएर पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक तथा ब्यापार मेला –२०७१ आयोजना गरेको हो । महोत्सवको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको स्टल राखीनुका साथै घरेलु उत्पादनको पनि प्रदर्शनी गरीने महासचिव शाक्यले बताएका छन् ।
IMG_3674
म्याग्दी महोत्सवमा जिल्लाका स्थानीय उत्पादनको स्टलको व्यवस्था हुनुका साथै स्थानीय उत्पादनको स्टल म्याग्दीका गाविसहरुबाट आएको खण्डमा निःशुल्क स्टल उपलब्ध गराउने उद्योग बाणिज्य संघका अध्यक्ष जीवन बिश्वकर्माले बताए । बिश्वकर्माका अनुसार एक सय ६८ वटा स्टल रहने महोत्सवको एक सय ३० स्टल बुक भै सकेको छ । म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यका अनुसार म्याग्दी महोत्सवबाट ७५ लाख आठ हजार आम्दानी र ६९ लाख ६१ हजार खर्च भै पाँच लाख ४६ हजार संघले बचत गर्ने लक्ष्य लिएको छ ।
IMG_3676
महोत्सवमा खुल्ला लोक तथा दोहोरी गित प्रतियोगीता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने, लठो तान्ने प्रतियोगिता साथै रमाइलो मेलाको पनि आयोजना हुने उद्योग बाणिज्य संघका सदस्य ठाकुरप्रसाद शर्माले बताए । शर्माका अनुसार अहिले भौतिक तयारीहरु सकिइ सकेको र अब प्रचार प्रशारको काम थालनी भएको छ ।