आरोप–प्रत्यारोप अनि सहमति

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशन शनिबार साँझ सकिएको छ । अधिवेशनको क्रममा संयुक्त र प्रजातान्त्रिक समुह विच धेरै प्रकारका आरोप–प्रत्यारोप समेत लगाइयो । एमाले, एमाओवादी, नेकपा माओवादी र राप्रपाको संयुक्त प्यानल र नेपाली काँग्रेस समैथित ब्यापारीको प्रजातान्त्रिक समुह विच अधिवेशनको क्रममा आरोपसँगै सहमति भए । एउटा सहमति पछि फेरी पुन असहमतिको वातावरणले परिस्थीति बदलिने गरेको थियो ।

चुनावी अभियानक्रै क्रममा प्रजातान्त्रिक प्यानलले प्रेस विज्ञप्तीमार्फत विभिन्न आरोप लगाएपछि पुनः केही बुँदा सच्चाएको विज्ञप्ती बाहिर ल्याएपछि दुवैपक्ष विच सहकार्य गरेर अगाडी बढ्ने सहमति भएपनि उद्घाटन सत्रमा संघका निर्वतनमान अध्यक्ष कुविरकुमार श्रेष्ठले प्रजातान्त्रिक समुहलाई लक्षित गरेर आरोप लगाएपछि शुक्रबार सम्पन्न हुने अधिवेशन शनिबारसम्म लम्वियो ।
???????????????????????????????
दुवैपक्ष विच भएको सहमतिलाई श्रेष्ठले विथोल्ने प्रयास गरेको प्रजातान्त्रिक समुहको दावी छ भने यता संयुक्त प्यानलको प्रतिनिधित्व गर्दै अभियानमा लागेका व्यापारीले भने संस्थामा देखेको अवस्थालाई बाहिर ल्याउने काम गरेर श्रेष्ठले राम्रो गरेको बताएपछि लम्बिएको विवाद बन्दसत्रमा आफुँले बोलेको शब्द फिर्ता लिएको भन्दै निर्वतमान अध्यक्ष श्रेष्ठले माफी मागेपछि सहमतिको प्रयासले अन्तिम टुंगो लागेको थियो । संघको अध्यक्षको हैसियतामा बसेको ब्यक्तिले दिएको अभिब्यक्ती गैरजिम्मेबारी भएको प्रजातान्त्रिक ब्यापारीको भनाई छ ।

तरपनि जथाभावी बोलेर समान्य भाषणा मात्रै गरेको भन्दै प्रजातान्त्रिक समुहका उद्योगब्यापारीले त्यसप्रति असन्तुष्ट देखाउँदै बाहिरिएपछि युवा ब्यापारी सुविन श्रेष्ठ लगाएतको प्रयासमा मनोनयनपत्र दर्ता गरेका थिए । निरन्तर सहमतिका लागि प्रयासरत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठले समेत उद्घाटन सत्रमा भएको गल्तीलाई माफ दिनुप¥यो भन्दै नमस्कार गर्नुभएको थियो । चुनावको क्रममा यस्तो हुने बताउँदै वर्तमान कार्यसमितिका अध्यक्ष जिवनकुमार विश्वकर्माले सबैपक्षको सहभागितालाई एतिहाँसिक भन्दै यसबाट संघले धेरै काम गर्ने बेनीअनलाइनसँग बताएका छन् । उनले विगतका गल्तीकमजोरीलाई सच्चाउदै आगामी दिनमा अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।