म्याग्दी उद्योग वाणिज्य संघको अधिवेशन आज

1477408_1374599422802034_946214580_nम्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा आज देखि सुरू हुदैंछ । करिव १५ सय को हाराहारीमा सदस्य रहेको संघको साधारण सभा तथा अधिवेशनको प्रमुख अतिथि संविधान सभाका सदस्य नवराज शर्माका साथै सभाषद् द्धय नरदेवी पुन र रेशमबहादुर बानियाँलाई समेत निमन्त्रणा गरिएको छ । जिविसमा हुने साधारण सभा तथा अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघका अध्यक्ष कुविरकुमार श्रेष्ठले बताए । ‘सहमतिको साधारणसभा हो, हामीले ब्यवस्थित तरिकारले सम्पन्न गर्ने योजना बनाएका छौ’ उनले भने ।

उद्घाटन सत्रपछि शुक्रबार नै बन्दसत्रको सुरुवात हुने संघले जनाएको छ । अधिवेशनमा जिल्लामा क्रियासिल राजनीतिक दल विच सहमतिमा पद विभाजन भएपछि शनिबार दिउँसो भित्रै सबै कार्यक्रम सकिने संघका महासचिव बेलबहादुर कटुवालले बताए । यसैविच सहमतिका लागि संघको बरिष्ठ उपाध्यक्ष, सहसचिव, सहकोषाध्यक्षको पद सृजना गरिएको छ । विहिबार सम्पन्न कार्यसमितिको अन्तिम बैठकले विधान शंसोधन तथा सचिवालय गठन सम्बन्धि एजेण्डा पारित गरि साधारण सभामा लगिदैंछ ।