९ औ महाधिबेशन संगै उठेका मेरा कोहि व्यक्तिगत बिचारहरु

लक्की श्रेष्ठ
म्याग्दी जिल्लामा रहेको प्रठिष्ठित सस्थाहरु मध्येको एक हो म्याग्दी उद्योग बाणिज्य संघ कुनै समय मेरा आदरणीय बुवा स्वर्गिय श्री बिरेन्द्र कुमार श्रेष्ठले पनि १० वर्ष को हाराहारीमा यस सस्थां को नेत्रित्यो गर्नु भएको थिए । तसर्थमा यस म्याग्दी उद्योग बाणिज्य संघ को आरोह अवरोहहरुमा मेरो परिवारको पनि प्रत्येक्ष-अप्रत्यक्ष रुपमा केहि योगदान रहदै आएको छ ।

10735769_10203304527714026_1898364948_nसामाजिक एवं राजनैतिक नेत्त्रित्यो गरेर हिड्ने व्यक्तिले आफ्नो परिवारको लागि कति समय खर्चिन सक्छ गएर युवा समाजसेवी प्रमोद कुमार श्रेष्ठका श्रीमती आदरणीय भाउजु साधना श्रेष्ठ वा अन्य सामाजिक तथा राजनैतिक सस्थाको नेत्त्रित्यो गरेर हिड्ने व्यक्तिका परिवारलाई सोध्धा थाहा भैहाल्छ । हिजोका दिनमा २० जनाको जमात पनि बटुल्न असफल हुदै सफलताको बाटोमा हिडेको यो सस्था आज यो उचाई सम्म आइपुगेको छ । आज यस सस्थाको सदस्य संख्या मात्र १५०० को हाराहारीमा छ र यस को सम्पूर्ण श्रेय हाम्रा आदरनणय आग्राजहरुलाई जान्छ।

जसरि चुम्बकको एकापट्टि को समीकरण केन्द्रिकृत हुन्छ र आर्कोपट्टिको समीकरण बिकेन्द्रिकृत हुन्छ त्यसरीनै म्याग्दीबासीहरुलाई उद्योग र ब्यापारको प्रबर्दन गर्दै समग्र जिल्लाको बिकास गर्ने एउतै साझा उद्श्यले म्याग्दी उद्योग बाणिज्य संघ सम्म दोहोराएर ल्यायो / तर आज को दिन्न सम्म आइपुग्दा हाम्रो आर्कोपट्टिको समीकरण राजनैतिक पार्टीगत स्वार्थले फेरी एक आपसमा बिकेन्द्रिकृत गराएको छ तर यो सस्था मात्र पहिलो सस्था भने होइन। हिजोका दिनमा म्याग्दी रेड्क्रोस जस्तो पबित्र सस्थामा पनि राजनैतिक आस्थाका आधारमा नेत्रित्व चुनियो । रेडक्रसकर्मीहरुलाई बामपन्थी र प्रजातन्त्रबादी आस्थाका आधारमा कित्ताकाट गरियो , राजनैतिक आस्थाका आधारमा चुनाब गरियो, राजनैतिक आस्थाका आधारमा मतदान गरियो ।

एक पक्ष को बिजय भयो भने आर्को पक्ष को पराजय भयो बिजय हुनेहरु अबिरमाला लगाए बिजय उत्सब मनाए अनि पराजय हुनेहरु न्याउरो मुख लगाए इंच्च दात देखाएर सस्थाबाट बाहिरिए तर मलाई लाग्छ त्यो सबै चर्तिकला हेरिरहेको रेडक्रस भवन आफुलाई त्यस बखत लंगडो महासुन गरिरहेको हुदोहो, कानो महसुस गरिरहेको हुदोहो त्यो रेडक्रस को क्रस चिन्हले आफुलाई प्यारालाल अनुभब गरिरहेको हुदोहो/ हिजो आफ्नै भवन बनाउन सक्ने क्षमता राख्ने रेडक्रस, जिल्लामा पहिलो पटक एम्बुलेन्स सेवा संचालन गर्ने रेडक्रस, ठाउँ ठाउँमा गाउ गाउमा घुम्ती स्वास्थ्य सेवा संचालन गर्दै हिड्ने रेडक्रस आज बिदेसबाट पिडितहरूलाइ पठाएको रेमिटेन्स बढ्ने तथा न्युन तािलमहरूमा मात्र सिमित रहेको छापाहरुमा पद्दा नमज्जा लाग्छ। यो भनेर मैले कसैको व्यक्तिगत एवं सस्थागत क्षमता प्रति प्रश्न गर्न खोजेको होइन यो त तपाई हामी बीच नमिलेको समीकरण को गलत प्रतिफल मात्र हो। दुख लाग्छ , दुख लाग्छ बिगतलाई सम्झेर होइन , दुख लाग्छ भविष्य सोचेर ।

हिजो रेडक्रसमा राजनीति गरियो, आज बाणिज्य संघमा के भोलि आस्पताल, पाठशाला, मठ मन्दिर, जातिय सस्थां कहाँ कहाँ गर्नेहो राजनीति ?? के के बनाएर दौडाउने हो आम मानिसहरुलाई, बिध्यर्थिहरुलाई, कर्मनिष्ठा कामदारहरुलाई ?? कहिले ब्यापारी बनाएर व्यापार संघ को निर्वाचनमा दौडाइ देउ, कहिले रेडक्रसकर्मी बनाएर रेडक्रसको चुनाबमा दौडाइ देउ के आब अन्य लाई पनि मगर बनाएर मगर संघको, नेवार बनाएर मंका खल: को , थकाली बनाएर थकाली समाजको अधिबेशनमा दौडाउनेहो ??

मानिसहरु जिउने आ- आफ्नै फिलोशोफी हुन्छन ।मानिसहरुका आ- आफ्नै राजनैतिक आस्था रहनु स्वाभाविकनै हो त्यो मेरो पनि होला तर राजनीतिको पनि आफ्नै नीति र नियमहरु छन्, दलगत राजनीति गर्ने निकायहरु पनि छन् नगरपालिकाको मेयर, गा.बि.स को अध्यक्ष , जि.बि.स को सभापति, संसद, मन्त्रि, प्रधानमन्त्रि यी सबै राजनैतिक दल र आस्थाकै आधारमा चुनिने निकाएहरु हुन् यी सबै हाम्रो अन्तरिम संबिधानमा बेबस्था गरिएका छन् र नडराउनुस् आब आउने नया संबिधानमा पनि यी कुराहरु बेबस्था गरिने छन् ।

त्यसैले कृपया सामाजिक संघ संस्थाहरुमा आउदा तपाइको राजनैतिक आस्थाहरु बोकेर नआउनुहोस् ति आस्थाहरुलाई तपाइको पार्टी कार्यालयको ढोका भित्र वा सामाजिक सस्थाको ढोका बाहिरै छोडेर आउनुहोस । तपाईहरु आ-आफ्नो पार्टी कार्यालय भित्र जे जे गर्ने हो गर्नुहोस लड़नुस, कुटनुस, मिल्नुस, अन्गलोमर्नुस, म्वाई खानुस जे जे गर्नेहो गर्नुस हामी बिदेशमा बस्नेलाई टाउको दुखाएर लेख्ने फुर्सद छैन किनकि हामी यहाँ हरेकदिन काम गर्नुपर्ने हुन्छ तर यदी सामाजिक सस्थामा राजनीतिक गर्नुहुन्छ भने तेस्को बिरोध गर्न, खबरदारी गर्न हामीसंग प्रसस्था समय छ किनकि हामीलाई यहाँ राजनीति गर्नु पर्दैन/

बेनी नगरपालिका, म्याग्दी
हाल – सिड्नी, अस्ट्रेलिया