म्याग्दीका नेताहरु प्रतिको मेरो धारणा

प्रकाश पौडेल

म गल्ती सोच्दै छु अथवा सहि सोचदैछु त्यो मलाई थाहा छैन तर जे सोच्दै छु मेरो मनमा साउने भेलले बगाएका जस्ता तीब्र गतिमा बगेका कुराहरु सोच्दै छु अनी शब्दमा उतार्ने प्रयाश गर्दै छु । हामिहरु सधै सोच्ने गर्दछौ कि हाम्रो जिल्ला किन पछाडी परीरहेछ । अनी सबैको मनमा निसकर्स एउटै आउछ होला हाम्रो ठाउमा त्यति ठुला नेता नभएर हो अथवा नजन्मीएर हो । मत भन्छु ठुला मानीस कोही जन्मदैन मानीस जन्मदा सानै जन्मन्छन तर कालन्तरमा उनीहरु ठुलो सोच राख्छन फराकिलो बातावरण खोज्छन अनी मात्र उनिहरु ठुला हुन्छन ।

10702008_1500795100177663_2275937192042622762_nजो मानीसहरु हाम्रा जस्ता ठाउमा जन्मन्छन उ कहिल्यई ठुलो मान्छे बन्न सक्दैन म पनी बन्न सक्दीन तपाई पनी बन्न सक्नुहुन्न किनकी यो बैमानहरुको ठाउ हो । त्यसैले हरेक बालकहरु बुझने दिन सुरु भए देखी कसरी हुन्छ समाज संग बच्ने प्रयाश गर्छ त्यसो गर्दा उ बैमानी बाटोमानै अगाडि बढ्छ र उ बैमाननै हुन्छ । यस्तो बाताबरणमा जन्मीयो भने कसरी हुन्छ मानीस ठुलो अनी कसरी पुग्छ केन्द्रमा ? मलाई आज लागिरहेछ प्रत्यक दीन कालीपुल बसपार्क बाट नाईट बस चढेर जाने युवाहरुले ठिकै गरे जस्तो लाग्छ किनकी उनीहरु कमसेकम यो बैमानी ठाउबाट केही समयलाई बिदा त पाए ।
मान्छेले मान्छेलाई नमान्ने ठाउ हरेक काममा नाफा र घाटाको खेलले मात्रै मानीसहरु कसरी नजिक हुन सक्छन । राजनीतिको परीभाषा के हो यहि खिचातानी हो अथवा बैमानीको बिउको रोपण ? देखेको पढेको सुनेको र हेरेको अनुसार राजनीतिले त समाजलाई बनाउनु पर्ने हो तर हाम्रो समाज कस्तो बन्यो खै बुझनै सकिएन १९९० सम्म गृह युद्धले जगजगी दक्षीण अमेरीकाले २०१० मा बिश्व कप जस्तो महाकुम्भ मेला कसरी राख्यो के हामिले तिनिहरु बाट पाठ सिक्न सक्दैनौ ।

आज मिति २०७० मंसिरको ४ गते त होईननी तर उद्योग बाणिज्य संघको अधिबेसनका लागि संसदीय चुनाब जस्तो पार्टिको कित्ता बन्दी गर्नु पर्ने । देखिएअनुसार १५०० ब्यापारीहरुले अनुसासनमा रहेर ब्यापार गर्ने गरी म्याग्दीका झण्डै १ लाख १३ हजार भन्दा बढी जनताहरुले राहात पाउने गरी काम र ब्यापारीक निति बनाउनुहोस तपाईहरुको काम त्यो हो कृपया तपाई ब्यापारीहरु राजनीतिमा नलाग्नुहोस । किनकी तपाईहरुको काम फोहोरी राजनिति गर्ने होईन ब्यापार गर्ने हो ।

रेडक्रसमा लाग्नेहरुले म सेवा गर्छु भनेर जानु पर्नेमा हाम्रो पार्टि आयो भनेर जादा के हुन्छ ? के हो रेडत्रसको धर्म जा हेनरी ड्युनाले रेडक्रस कुन पार्टिको आडमा खोलेका थिय र यहा रेडक्रसमा जानलाई राजनितिको खोल ओढ्नु पर्ने । आफना आफन्त कोही नभएर छटपटाई रहेका बालबालीकाहरुलाई सरण दिने ठाउ हो बालगृह उनिहरुको भबिस्य निर्माता हरु बस्नुपर्ने ठाउ हो त्यो तर त्यहा किन पार्टिका नेताहरुले कुर्चि कब्जा गरे । यस्ता धेरै ठाउ छन जसलाई राजनितिले घेरेको छ जो त्यहा बाट ति ठाउहरु कहिल्यई उम्कन सक्ने छैनन् । त्यसैले एक आम युवाको ठाउबाट हामिहरुले के सिकौ अनी मईले के सिकौ बेरोजगारीले छटपटाईरहेका युवाहरुलाई तपाई म्याग्दी उद्योग बाणिज्य संघको नेताले के गर्न सक्नुहुन्छ तपाई संग भाबी कार्र्यक्रम के छ ?

के तपाई यस्तो कार्यक्रम बनाउन सक्नुहुन्छ जुन कार्यक्रमले म्याग्दीको गुर्जाको बजार भाउ र बेनीको बजार भाउ एउटै हुने गरी कुनै योजना तपाई संग छ ? के तपाई पर्यटकिए क्षेत्रहरु टोडकेमा दैनीक सयौको सख्यामा पर्यटकहरु जान सक्ने बाताबरण बनाउन सक्नुहुन्छ ? के तपाई सुन सान जस्तै बनेका धार्मिक स्थल पौलस्त्य, जगन्नाथमा भत्तजनहरुको लाईन लगाउन सक्नुहुन्छ ? के तपाई बेनीको बजारलाई साच्चिकै सुन्दर सहर बनाउन सक्नुहुन्छ ? के तपाई दिनहु हजारौ मानिसहरु आवात जावत गर्ने कालीपुल बसपार्क पिज गर्न सक्नुहुन्छ ? के तपाई बाह्रै मासा बेनी दरबाङको बेनी घासाको सडकमा सवारी चल्न सक्ने बनाउन सक्नुहुन्छ ? के तपाई ओझेलमा परेका ठाउहरुलाई आझेल मुत्त बनाउन सक्नुहुन्छ ? त्यो भन्दा ठुलो कुरात हामि जस्ता युवा बिद्याथिहरुमा परेको गलत छाप मेटाउन सक्नुहुन्छ ?

हो आजको अवस्यकता यो हो जिल्लाले खोजेको ब्यत्तिहरु यि हुन । अराजकताले समाजलाई बिगारी दिन्छ त्यसैले त्यसैले भलीबल खेलमा सट हान्नलाई फस सर्ट नै हुनुपर्छ भन्ने छैन कोर्नरले पनी राम्रो सट हान्न सक्छ त्यसैलै एउटै ठाउ एउटै कोठा एउटै कुर्चिमा बस्न किन यत्रो लडाई । आउ म्याग्देली ब्यापारीहरु तिमिहरुले समाजलाई साच्चिकै योगदान गर्ने बेला आएको छ । राजनितिको ठोका बाट बाहिर आउ हामि ब्यापारी हौ भन सर्बसहमतको नेता बन आफुले अरुलाई मान्यो भने मात्र आफुले सम्मान पाईन्छ त्यसैले आज सर्बसहमतीमा भुमिका खेल्नेहरुले भोली सर्ब सहमतको नृतृत्व प्राप्त गर्न सक्छन । लेखक म्याग्दीकालि एफएमका स्टेशन म्यानेजर हुन् ।