म्याग्दी उवासंघ अधिवेशनः कोषाध्यक्ष पदमा कुरा अल्झियो

1477408_1374599422802034_946214580_nम्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई सहमतिमा लैजान मंगलबार भएको छलफल टुंगोमा पुग्न सकेन् । नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, नेकपा माओवादीका नेताहरु विच भएको छलफल कोषाध्यक्ष पदमा अल्झिएको छ । मंगलबार दिउँसो देखि सुरु भएको छलफलमा संयुक्त प्यानल र प्रजातान्त्रिक ब्यापारी विच अधिकाँस पदमा सहमति भएपनि कोषाध्यक्षमा कुरा नमिलेको म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुर्यप्रसाद मर्सानीले बताए । ‘छलफल सकारात्मक छ, भोली अन्तिम प्रक्रियामा पुग्ने छ‘ उनले भने ।

छलफलमा नेपाली काँग्रेसका कोषाध्यक्ष टंक हमाल,, नेकपा एमालेबाट सचिव बालकृष्ण सुबेदी, एमाओवादी कोषाध्यक्ष शेरबहादुर केसी, नेकपा माओवादी लालु किसान सहित दुईदुई जना सदस्य सहभागि रहेका थिए । त्यस्तै संयुक्त प्यानल र प्रजातान्त्रिक प्यानलबाट समेत छलफलम सहभागि रहेको बताइएको छ ।

‘अन्य पदमा सहमति भएको छ, हामीले कोषाध्यक्ष पद मागेका छौ, उहाँहरुले भोली छलफल गरौला भन्नुभएको छ‘ टंक हमालले भने । उनले सहमतिमा नेतृत्व चयन गर्न आफुँहरु सकारात्म रहेको बताएका थिए । दुवैपक्षले छलफल सकारात्मक उन्मुख भएको बताएपनि आफ्नो अडान कायम राखेकाले अन्तिम अवस्थामा सहमति टोडिने सम्भावना समेत बलियो रहेको सहभागि एक सदस्यले बेनीअनलाइनसँग भने । यसैविच दुवैपक्ष विच विधान संसोधन गरेर बरिष्ठ उपाध्यक्ष पद बनाउने विषयमा सहमति भएको छ । भोली हुने छलफल टुंगो नलागे सहमतिको सम्भावना न्युन रहेको समेत वार्तामा सहभागि भएकाहरुको भनाई छ । हरिकृष्ण गौतम