सम्मानजनक सहभागिताका हाम्रो बटमलाइन होः श्रेष्ठ

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई सहमतिबाट नेतृत्व चयन गर्ने आफुँहरु प्रतिबद्ध रहेको प्रजातान्त्रिक उद्योग ब्यापारीको नेतृत्व गरिरहएका सुविन श्रेष्ठले बताएका छन् । मंगलबार विहान बेनीअनलाइनसँग कुराकानी गदैं श्रेष्ठले सम्मानजनक सहभागिताका लागि अझैपनि छलफल गर्न तयार रहेको बताए । ‘ संघको लक्ष्य प्राप्तीका लागि सहकार्यको विकल्प छैन’ ।

SAM_0265विगतमा भएका छलफलमा प्रस्तुत गरिएका विषयमबाटै थप छलफलको आवश्यकता छ’ उनले भने । कुराकानीको क्रममा प्रजातान्त्रिक विचारधाराका उद्योगीब्यापरीले प्रजातान्त्रिक अभ्यासलाई पहिलो प्राथमिकता दिने भएपनि जिल्लाका सबै ब्यापारी विचको एकतालाई कायम राख्न पनि सहमतिको पहल भइरहेको बताए । ‘हाम्रो वटमलाइन सम्मानजनक उपस्थिीति नै हो’ ।

पत्रकार सम्मेलनमार्फत हामीले प्रस्ट पारेका छौ’ उनले भने । मंगलबार दिउँसो संयुक्त प्यानल र प्रजातान्त्रिक पक्ष विच छलफल हुने क्रmममा समेत निरन्तर उद्योगवाणिज्य संघमा सक्रिय रहेकालाई स्थान दिने गरी आफुँहरुले छलफल गर्ने बताए । कुराकानीको क्रममा सफल युवा ब्यवसायी समेत रहेका श्रेष्ठले सबै राजनीतिक दलका विचार बोक्ने उद्योगब्यापारीको उपस्थिती संघमा भएरमा आगामी दिनमा लक्ष्य प्राप्तीका लागि सहज हुने बताए ।

उनले नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, नेकपा माओवादी, राप्रपा सहितका दलमा आवद्ध भएका ब्यापारीको आवश्यकता रहेको बताए । ‘ साना दलबाट प्रतिनिधित्व गर्नेहरुको समेत संघका अभियानमा ठुलो सहयोग गरेको छ’ । उहाँहरुसँग काम गर्ने वातावरण बनाउनु आवश्यकता छ’ उनले भने । सहमतिको प्रयास कसरी हुन्छ त भन्ने प्रश्नमा श्रेष्ठले आफुँहरुले विगतमा उठान गरेका पद तथा सहभागिताका विषयमा एकमत भए सहमति हुने बताए । उनले प्रजातान्त्रिक पक्षका क्रिव ६ सय ब्यापारी रहेको बताउँदै उहाँहरुको समस्या, आवश्यकताका साथै सम्रग ब्यापारीको हित हुने गरी अगाडी बढ्न प्रतिबद्ध रहेको बताए । ‘ हामी कुनै ब्यक्तिगत स्वार्थले त्यहाँ जान लागेका होईनौ’ । उद्योगब्यापारसँगै जिल्लाका विविध पक्षमा केन्द्रित रहेर काम गर्ने हो’ उनले भने ।

कुराकानीको क्रममा श्रेष्ठले अघिल्लो निर्वाचनमा समेत प्रत्यक्ष मतदान प्रक्रियाबाट ५ जना सदस्यमा निर्वाचत भएको स्मरण गराउँदै गैरब्यपारीलाई स्थान दिने कार्यले च्याम्बरको इतिहासमा असर गर्ने समेत बताए । उनले कृष्ण केसी, अम्बिक श्रेष्ठले विगत चार कार्यकाल संघमा रहेर काम गरेको तथा आफुँ र अमित बानियाँले दुई कार्यकाल सक्रियतापुर्वक काम गरेको बताउँदै संघलाई नमुना र ब्यवस्थित बनाउने अभियानलाई सफल बनाउन समेत सहमति र सहकार्यको आवश्यकता रहेको दोहोराए । २०६५ साल देखि संघमा सक्रिय रहेका श्रेष्ठले प्रजातान्त्रिक ब्यापारीले राखेको तिनवटा विकल्पमध्ये एक रोज्ने क्रममा सहमतिलाई प्राथमिकतामा राखेको बताए । हरिकृष्ण गौतम÷ हरि गिरी