सहमतिको लागि प्रयास जारी रहन्छः विश्वकर्मा

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा सहमतिको प्रयास भइरहेको जिवनकुमार विश्वकर्माले बताएका छन्। सोमबार राती बेनीअनलाइनसंग विषेश कुराकानी गदैं अध्यक्षका प्रत्यासी विश्वकर्माले अन्तिम समयसम्म पनि सहमतिका लागि संयुक्त प्यानलले प्रयास गर्ने बताउँदै यसका लागि दुवैपक्ष लचिलो हुनुपर्ने बताए ।

‘यस्तो अवस्था आउन नदिन हामीले पहिल्यै प्रयास गरेका थियौ’ । उहाँहरूले हाम्रो प्रयासलाई चासो देखाउनुभएन्’ प्रथम उपाध्यक्ष समेत रहेका विश्वकर्माले भने । उनले संयुक्त प्यानल विच भएको छलफल र सहमतिलाई फिर्ता नगरी बैंकल्पिक माध्यमको खोजी भइरहेको बताए । घरदैलो अभियान, टोलभेला, छलफल तथा अन्र्तरक्रिया कार्यक्रमसँगै प्रजातान्त्रिक विचारधाराका उद्योगब्यापारीसँग समेत प्रयास भइरहेको बताउँदै असोज ३१ गतेसम्म पनि छलफल हुने बताए ।
IMG_2639
‘पुर्वअध्यक्षले वार्ताका लागि प्रयास गरिरहनुभएको छ, हामी आफ्नो अभियानलाई निरन्तरता दिने छौ’ विश्वकर्माले भने । कुराकानीको क्रममा उनले जिल्लाको आर्थिक समाजिक, सांस्कृतिक लगाएतका क्षेत्रमा आर्थिक सहयोग र सहकार्य गर्ने गरी आफ्नो लक्ष्य रहेको बताए । ‘प्रतिबद्धता पत्रमा उल्लेख गरे अनुसार नै अगाडी बढ्ने सोच बनाएका छौ’ उनले भने । जिल्लामा सफल सुनचाँदी ब्यवसायीका रुपमा स्थापित भएका विश्वकर्माले जिल्लाका रहेका उद्योगब्यापारीको हितमा काम गर्नेगरी तिनबर्षे योजना बनाएर अगाडी बढ्ने समेत बताएका छन् ।

नयाँ पद सृजना गरी सहमतिको प्रयास
संयुक्त प्यानल बनाएर चुनावी अभियान सुरु गरेका नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी र राप्रपा सर्मथित ब्यापारीले आफ्नो नियमित कार्यक्रमलाई निरन्तरता दिइरहेपनि नेपाली काँग्रेस सर्मथित ब्यापारीले तिनवटा विकल्प प्रस्तुत गरेपछि सहमतिका लागि एकल तथा सामुहिक छलफलमा पुरानो पदलाई सिमित राखेर नयाँ पदको सृजना गरेर भएपनि सहमतिको प्रयास गर्ने विषयमा कुराकानी भइरहेको विश्वकर्माले बताए । ‘अन्य जिल्लामा गरिएको अभ्यासका आधारमा सहमति भए पद सृजना गर्नेछौ’ । नभए पुरानै पदलाई यथावत राखेर चुनावी प्रक्रियामा जाने छौ ।’ मंगलबार देखि सहमतिका लागि औपचारिक वार्ता सुरु गरिने बताइएको छ ।

जिल्लाका महत्वपुर्ण योजनालाई सफल बनाउने
आफुँ संघको अध्यक्षमा निर्वाचित भए जिल्लाका महत्वपुर्ण योजनालाई आर्थिक, भौतिक र नौतिक सहयोग गरेर भएपनि सफल बनाउने प्रतिबद्धता जनाएका छन् । फ्रि वाईफाई जिल्ला, बेनी–गलेश्वर कालोपत्रे, बेनी–मालढुङा स्तरउन्नतीका साथै अन्य ग्रामिण सडक, सञ्चारका साथै निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनलाई सफल बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘ प्रमुख कार्य संस्थालाई बलियो बनाउनु हो’ । त्यससँगै जिल्लासँग जोडिएक हरेक क्षेत्रमा सहभागिता जनाउने छौ’ उनले भने । केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ लगाएतको सक्रियतामा निर्माण भइरहेको ४ मेगावाटको घलेम्दी जलविद्युत आयोजना जस्तै अन्य सम्भावना भएका आयोजनामा लगानी भित्राउन समेत पहल गर्ने बताए । २०६० साल देखि संघमा सक्रिय रहेका विश्वकर्माले आफ्नो उम्मेदवारी समृद्ध म्याग्दी बनाउने अभियानमा सहयोग गर्ने गरी अगाडी बढ्ने रहेको बताए ।
हरिकृष्ण गौतम÷हरि गिरी