प्रजातान्त्रिक उद्योगीब्यापारीको तिन विकल्प

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई लिएर आइतबार प्रजातान्त्रिक उद्योगब्यापारीले पत्रकार सम्मेलन गरेका छन् । संघको अधिवेशनलाई केन्द्रित गरेर शनिबार गरिएको भेलाको निर्णय सहित गरिएको पत्रकार सम्मेनलमा संघका वर्तमान कार्यसमिति सदस्य एवम् युवा ब्यापारी सुविन श्रेष्ठले स्वस्थ प्रतिस्पर्धा, सम्मानजनक सहभागिता र शसक्त बहिस्कारका तिन विकल्प भेलाको म्यान्डेड रहेको बताएका थिए।

पत्रकार सम्मेलनमा संघलाई आफ्नो ब्यक्तिगत पेवाका रुपमा लिई ब्यक्तिगत लगानीमा गैर उद्योगी ब्यापारीको नाममा फर्म दर्ता गरेको श्रेष्ठले बताए । ‘हामीले तपाईहरुलाई प्रमाण दिन सक्छौ, धेरै नयाँ सदस्यलाई आफ्नो फर्म दर्ता भएको नै थाहाँ छैन्, यस्तो अवस्थामा कसरी उद्योगब्यापारीको हित हुन्छ’ श्रेष्ठले भने ।

संघभित्र रहेका बेथिती विरुद्ध पटकपटक आवाज उठान गरेपनि सुनुवाई नभएको बताउँदै सहमतिको प्रयास भन्दै संयुक्त प्यानलबाट आएको भनाई गलत भएको बताए । ‘उहाँहरुले ब्यापारीलाई भ्रममा पार्न खोज्नुभएको छ, हामीसँग छलफल भएपनि एकोहोरो अडान मात्रै राखियो’ श्रेष्ठले भने । पत्रकार सम्मेनलमा संघका कार्यसमिति सदस्य अम्बिक कुमार श्रेष्ठ, अमित बानियाँ, निर्वतनमान प्रथम उपाध्यक्ष विजयकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । सोही अवसरमा अझैपनि सम्मानजनक सहभागिताका लागि आफुँहरु तयार रहेको बताउँदै जिल्लाको आर्थिक विकासका लागि सधै अगाडी बढ्ने बताइएको थियो ।

प्रजातान्त्रिक ब्यापारीको तिन विकल्प
SAM_0284