संयुक्त प्यानलको घरदैलो अभियान गलेश्वरबाट

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई लक्षित गरेर जिवन विश्वकर्माको नेतृत्वमा बनेको संयुक्त प्यानलले धार्मिक क्षेत्र गलेश्वरबाट आफ्नो घरदैलो अभियान सुरु गरेको छ ।

अध्यक्षका प्रत्यासी विश्वकर्मा सहित उत्तम कर्मचार्य, बेलबहादुर कटुवाल, राजेश शाक्य, लिलाराम गौतम,ठाकुरप्रसाद शर्मा, राजकुमार श्रेष्ठ,रामकृष्ण बराईली,बाबुराम( ताराप्रसाद) आर्चाय, चन्द्रप्रकाश बराईली, नारायण जिसी, पानप्रसाद तिमिल्सिना, सुवर्ण रिजाल, श्याम श्रेष्ठ,गोपाल पौडेल लगाएतको टोलीले प्रतिबद्धता पत्र सहित घरदैलो अभियान सुरु गरेको सदस्यका उम्मेदवार राजेश शाक्यले बताए ।
10417658_1475901496017035_6787227332163928149_n
‘हाम्रा एजेण्डा र गर्नुपर्ने कामका बारेमा सबैलाई जानकारी गराइरहेका छौ, उहाँहरुको समस्या र सुझावलाई समेत टिपोट गरिरहेका छौ’ शाक्यले बेनीअनलाइनसँग भने । उनका अनुसार आइतबार बेनीबजारका साथै अन्य क्षेत्रमा समेत अभियान सचालन गरिने बताए । नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी र राप्रपा सर्मथित उद्योग–ब्यापारीको सहभागिता रहेको छ ।