म्याग्दी उद्योग वाणिज्य संघः प्रजातान्त्रबादी उद्योगब्यापारीको भेला

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई लक्षित गरेर प्रजातान्त्रिक उद्योग ब्यापारीको भेला शनिबार देखि सुरू भएको छ । निर्वाचनको रणनीति लगाएत विभिन्न विषयमा उद्योग ब्यापारीको राय संकलन गर्ने उद्देश्यले आयोजित भेलामा ब्यापारीले आ–आफ्नो धारणा राखेका छन् ।

भेलामा बोल्ने बक्ताले सहमति, असहयोग तथा निर्वाचनमा जाने विषयमा आफ्नो भनाई राखेको म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् युवा ब्यापारी सुविन श्रेष्ठले बताए । ‘सबैले आफ्नो भनाई राख्ने क्रम सकिएको छ । आइतबार आधिकारिक धारणा सार्वजनिक गर्नेछौ’श्रेष्ठले बेनीअनलाइनसँग भने । निर्वाचनका लागि राय संकलन गर्न चिरनजीवि शर्माको संयोजकत्वमा दाउद खान, धनबहादुर छन्त्याल, दुर्गाराम सुबेदी, बालकुमार लामिछाने, रेखाकौशल रेग्मी, कमल छन्त्याल, रमेश श्रेष्ठ, कमल पुर्जा, दिपक श्रेष्ठ र पार्वती बानियाँको सदस्य रहने समुह विभाजन गरी ब्यापारीले आफ्नो धारणा राखेका थिए ।
SAM_0240
भेलामा गैर ब्याापारीलाई समेत सदस्यता वितरण गरिएकाले त्यसका बारेमा छलफल गर्नुपर्ने, सहमतिका लागि प्रयास तथा १२ मध्ये ९ समुहले वर्तमान परिस्थीतिमा चुनावमा जानुको औचित्य नभएकाले प्रजातान्त्रिक पक्षले असहयोग गर्ने गरी बहिस्कार गर्नुपर्नेमा जोड दिएका थिए । भेलामा संघको वर्तमान कार्यसमितिमा रहेका अमित बानियाँ, सुविन श्रेष्ठ, दिपु श्रेष्ठ, कृष्ण केसी, विजय श्रेष्ठ, रमेशकुमार श्रेष्ठका साथै काँग्रेसका प्रतिनिधिहरुले आफ्नो भनाई राखेका थिए । भेलामा संघको विधानप्रति समेत गम्भिर आपत्ती जनाइएको थियो ।
SAM_0244
यसैविच काँग्रेस सर्मथित ब्यापारीले उद्योग वाणिज्य संघबाट अलग भएर छुटै संघ गठन गरी सदस्यता विस्तारका साथै शनिबार समेत पसल खोल्ने गरी संस्थागत अभ्यास गर्नुपर्ने र संघ भित्रको भण्डाफोर गर्ने गरी अगाडी जानुपर्ने राय समेत राखेका थिए । आगामी असोज ३१ देखि कात्तिक १ गतेसम्म हुने अधिवेशनका लागि एमाले, एमाओवादी, नेकपा माओवादी, राप्रपाको संयुक्त प्यानल घोषण भइसकेको छ भने नेपाली काँग्रेसले बहिस्कार वा सहभागिता भन्ने विषयमा शनिबार गरेको भेलाबाट आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ । हरिकृष्ण गौतम