म्याग्दी उद्योग वाणिज्य संघ : जिवन विश्वकर्माको प्यानल घोषणा

हरिकृष्ण गौतम
म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनका लागि जिवन विश्वकर्माको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । विहिबार साँझ भएको पत्रकार सम्मेलनमा संघका वर्तमान अध्यक्ष समेत रहेका विश्वकर्माको अध्यक्षतामा उम्मेदवारी घोषणा गरिएको हो ।

प्लानलको सदस्यमा उत्तम कर्मचार्य, बेलबहादुर कटुवाल, राजेश शाक्य, लिलाराम गौतम,ठाकुरप्रसाद शर्मा, राजकुमार श्रेष्ठ,रामकृष्ण बराईली,बाबुराम( ताराप्रसाद) आर्चाय, चन्द्रप्रकाश बराईली, नारायण जिसी, पानप्रसाद तिमिल्सिना, सुवर्ण रिजाल, लक्ष्मण शर्मा, टेकप्रसाद सापकोटा, किसान विक, पुर्ण पुन,गोपाल पौडेल रहेका छन् । नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी र राप्रपा सर्मथित उद्योग–ब्यापारीको सहभागिता रहेको छ । अध्यक्षले मनोनित गर्नेमा भुमिनाथ सापकोटा र श्याम श्रेष्ठ, विनोद भट्टचन र विरेन्द्रमान शाक्यलाई मनोनित गर्ने सम्मेलनमा बताइएको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी विश्वकर्माले सहमतिका लागि पटकपटक छलफल गरिएपनि सफल हुन नसकेको बताएका थिए । ‘हामीले धेरै पटक सहमति खोजेका थियौ, उहाँहरुले आवश्यकता भन्दा बढि स्पेस खोज्नुभयो’ विश्वकर्माले भने । नेपाली काँग्रेस सर्मथित उद्योगब्यापारीलाई लक्षित गदैै विश्वकर्माले पुर्व अध्यक्ष सहितको टोलीले सहमतिका लागि गरेको प्रयासलाई चासो नदेखाइएकाले अव चुनावी प्रक्रियाबाटै अगाडी बढिने बताए । ‘अव हामी चुनावी अभियानमा ग¥यौ, सहमतिको सम्भावना छैन’ विश्वकर्माले भने । पत्रकार सम्मेलनमा बेलबहादुर कटुवाल, उत्तम कर्मचार्य, राजेश शाक्य लगाएतको सहभागिता रहेको थियो ।
IMG_2624
‘लाइसेन्स लिदैंमा सवारीसाधन किन्नुपर्दैन्’
अध्यक्षका प्रत्यासी विश्वकर्माले कुनैपनि ब्यक्तिले सवारीसाधनको लाइसेन्स लिदैमा सवारीसाधन खरिद गर्नुपर्ने अनिवार्य नभएको बताएका छन् । गैरब्यापारीलाई पनि फर्म दर्ता गरिएको छ नी भन्ने पत्रकारको प्रश्नमा विश्वकर्माले लाइसेन्स धनीले आवश्यकता अनुसार सवारीसाधन खरिद गर्न सक्ने भन्दै दर्ता गरेकाले भविस्यमा ब्यापार सञ्चालन गर्न सक्ने बताएका छन् । ‘यो आरोप मात्रै हो’। ब्यवसाय नगरेकाले भविश्यमा गर्ने योजना बनाएका छन्‘ उनले थपे । उनले दर्ता भएका अधिकाँसले ब्यापार ब्यवसाय गरिरहेको समेत दावी गरेका छन् ।

उम्मेदवारी घोषणा लगत्तै चुनावी अभियान
बिहिबार साँझ घोषणा चुनावी प्यानलको घोषणा गरेपछि सयुक्त प्यानलका उम्मेदवारले आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेका छन् । चुनावी रणनीति तथा अभियानका बारेमा शुक्रबार बैठक बसेर अगाडी बढ्ने योजना बनाएको सदस्यका उम्मेदवार राजेश शाक्यले बेनीअनलाइनलाई बताए । ‘चुनावी अभियान एकल हुदैन्, आफ्नो तर्फबाट गरिएपनि सबै उम्मेदवारलाई भोट माग्ने गरी कार्यक्रम अगाडी बढ्छ’ उनले भने । चुनावको मिति नजिक आइरहेको अवस्थामा नेपाली काँग्रेस सर्मथित उद्योगीब्यापारीको घोषणाबाट थप रणनीति बनाउने योजनामा संयुक्त प्यानल रहेको बुझिएको छ ।

पहिले काँग्रेस, अहिले एमाले
आठौं अधिवेशनमा नेपाली काँग्रेस सर्मथित प्यानलबाट चुनावी मैदानमा उत्रिएका तत्कालिन नेकपा माओवादी र राप्रपाका ब्यापारी यसपटक एमालेको नेतृत्वमा चुनावमा गएका छन् । माओवादी फुटको नजिक रहेको अवस्थामा सहभागि भएका उम्मेवार मध्ये केही पुरानै भएपनि अधिकाँस नयाँ अनुहार रहेका छन् । एमाओवादीका उम्मेवादले अघिल्लो चुनावमा नेपाली काँग्रेस सर्मथितले धोका दिएको आरोप लगाएका छन् भने राप्रपाले चुनावमा प्रतिस्पर्धा गर्दा बलियो पक्ष खोजेका जनाएको छ । यसपटक नेकपा माओवादी समेत एमालेको प्यानलबाट चुनावमा छ ।

एमालेमा पुराना अनुहारको बर्चस्व
अधिवेशनमा एमाले सर्मथित अधिकाँस उम्मेदवार वर्तमान कार्यसमितिमा कार्यरत रहेका छन् । द्धितिय उपाध्यक्ष उत्तम कर्मचार्य, महासचिव बेलबहादुर कटुवाल, ठाकुरप्रसाद शर्मा,रामकृष्ण बराईली, बाबुराम आचार्य,चन्द्रप्रकाश बराईली,नारायण जिसी, पानप्रसाद तिमिल्सिना, लिलाराम गौतम,रामकुमार श्रेष्ठ रहेका छन् । यसपटक कोषाध्यक्ष लोकनाथ रेग्मी र सचिव तारा भण्डारी चुनावी अभियानमा देखिएका छैनन् । वर्तमान कार्यसमितिमा सक्रियता सहभागिता जनाएको आधारमा एमालेबाट छनौटमा परेको स्रोतको भनाई छ ।
IMG_2621
प्रस्तावित कार्यसमितिको रुपरेखा
निर्वाचनको क्रममा सदस्यमा विजय भएमा संयुक्त प्यानलले कार्यसमितिको समेत विभाजन गरेको स्रोतको भनाई छ । संघको विधानमा निर्वाचनपछिको पहिलो बैठकले कार्य विभाजन गर्न प्रावधान रहेपनि पुर्व सहमतिमा कार्यसमितिको रुप निम्न अनुसार हुने बताइएको छ ।
अध्यक्ष जिवन विश्वकर्मा
प्रथम उपाध्यक्ष उत्तम कर्मचार्य
महासचिव राजेश शाक्य
कोषाध्यक्ष लिलाराम गौतम
सचिव लक्ष्मण शर्मा÷ सुर्वण रिजाल मध्ये एक
विधान अनुसार बाँकी कार्यसमितिको सदस्यमा रहने सहमति भएको छ । अध्यक्ष, कोषाध्यक्ष, महासचिव, कोषाध्यक्ष एमाले सर्मथित उद्योगब्यापारी हुन भने सचिव एमाओवादी सर्मथित । एमाओवादीले शनिबार सम्म आफ्नो तर्फबाट सचिवको नाम दिने बताइएको छ ।
IMG_2637