म्याग्दीको धवलागिरी गाउँपालिका-२, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटनामा घाइतेहरुको थप उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ ।
लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत लुलाङ गाउँतर्फ आउने क्रममा विहिबार साँझ भएको दुर्घटनामा घाइते स्थानीय कविराज बिक र कमल बिक तथा मालिका–६,दरबाङका विकास बिक र धवलागिरी गाउँपालिका–४,किस्मत बिकलाई लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि बेनी ल्याइएको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।
ग १ त ७१९६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय देविन बिक (वर्ष १८) र पुर्णलाल रसाईली (वर्ष २१)को मृत्यु भएको थियो । पुर्णलालको घटना स्थलमै मृत्यु भएको हो भने अर्का देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको थियो । सडकखण्डमा काम गरेर फर्किने बेलाका मजदुर सहित स्थानीय दुर्घटनामा परेका थिए ।
घाइते मध्ये केहीको अवस्था गम्भिर र केहीको मध्यम रहेको छ ।सडकबाट करिब डेढ सय मिटर तल खसेर ट्याक्टर खोँचमा अड्किएको थियो । सोही गाउँपालिका–७,ताकमका २७ वर्षिय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार रहेका थिए ।
चालक भने हाम फालेर जोगिएकाले प्रारम्भीक चरणमा चालकको कमजोरी देखिएको छ । प्रहरीलmे दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी चौकी ताकमबाट प्रहरी साँझ घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।