यूकेमा रहेको प्रतिष्ठित बीपीपी यूनिभर्सिटी लण्डनमा ब्याचर्लर र मास्टर्स अध्ययनका लागि जाने विद्यार्थीको आर्कषण बढेको छ । काठमाण्डौमा रहेको आईईएलटीएस पिटिइ सेन्टरले जनवरी इन्टेकमा मात्रै ५० जनालाई पठाएको छ ।

विदेशमा पढ्न जाने नेपाली विद्यार्थीकालागि प्रमुख शैक्षिक गन्तव्य मध्य एक बनेको यूकेमा एकै इन्टेकमा धेरै विद्यार्थी जानुमा त्यहाँको शैक्षिक वातावरण प्रमुख कारण रहेको आईईएलटीएस पिटिइ सेन्टरका सञ्चालक सन्तोष बानियाँ बताउँछन्। काठमाण्डौमा रहेको विश्वका अन्य देशको तुलनामा गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले विद्यार्थीको रोजाई यूकेमा रहेको उनले बताए ।

नेपालबाट एक इन्टेकमा १ सय जना नेपाली विद्यार्थीलाई यूकेका कलेजमा पठाएको सेन्टर ब्रिटिस काउन्सिलबाट ‘टप टेन’ शैक्षिक परामर्शदातामा समेत परेको आईईएलटीएस पिटिइ सेन्टरले यूकेका निजी र सरकारी कलेजका लागि काम गर्ने गरेको छ । आईईएलटीएस पिटिइ सेन्टरले आगामी इन्टेकमा डेढ सयभन्दा बढी विद्यार्थीका लागि काम गरिरहेको सञ्चालक बानियाँको भनाई छ ।

बीपीपी यूनिभर्सिटीमा ११ हजार पाउन्ड स्टर्लिङमै पढ्न जान सकिन्छ ।उनले एकबर्षको अवधिमा आफ्नो सेन्टरबाट १ सय जना नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि भिषा दिलाउन सफल भएको र सबैबाट निकै राम्रो प्रतिक्रिया आइरहेको बताए। बेलायतमा उत्कृष्ट विश्वविद्यालयहरूमा गुणस्तरीय शिक्षासँगै अनुसन्धानमुलक, विश्वस्तरीय सुविधाहरू, पुस्तकालयहरू, प्रयोगशालाहरू र अन्य स्रोतहरूका कारण त्यहाँ पुगेर अध्ययन गरी फर्किएका विद्यार्थीले स्वदेश तथा अन्य विभिन्न देशहरुमा समेत रोजगारी सहित राम्रो अवसर पाइरहेका छन् । विद्यार्थीले कलेजको पढाइसँगै रोजगारीले समेत थप सहज भइरहेको छ ।

गौंगबु र पुतलीसडकमा शाखा रहेको आईईएलटीएस पिटिइ सेन्टरले गुणस्तरीय शिक्षा र कम खर्चिलो भएकाले आईईएलटीएस र पिटिईको कक्षामा सतप्रतिशत छुट र भिषा प्रोसेसिङमा लागि समेत भारी छुट सहित विद्यार्थीलाई सघाइरहेको छ ।

विज्ञ सहितको टोलीसँगको अन्तरक्रिया, शैक्षिक परामर्शको कार्यका कारण विद्यार्थी समेत आर्कषित छन् । युकेमा स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले पहिलो वर्षमा शुल्क तिर्नुपर्ने तर दोस्रो वर्षमा शुल्क तिर्न नपर्ने कोर्सहरू धेरै रहेकाले अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफर लेटर पाए सँगै लागि अध्ययन अनुमति पत्र (नोअव्जेक्सन लेटर) लिएपछि समेत आवश्यक परार्मश दिने गरिएको छ ।

बेलायतका अध्ययनका लागि जाने विद्यार्थीको प्रमुख रोजाई लण्डन नै हुने गरेपनि बाहिरी क्षेत्रमा भने सस्तो हुन्छ । सबै कागजात मिलेको खण्डमा युकेमा ‘स्टुडेन्ट भिसा’ सजिलै पाउन सकिन्छ ।पछिल्लो समय म्याग्दीबाट यूकेमा जाने विद्यार्थीको संख्या पनि धेरै छन् भने म्याग्दी, बागलुङ र पर्वतबाट आउने विद्यार्थीलाई आईईएलटीएस पिटिइ सेन्टरले कक्षा र आवश्यक प्रक्रियामा भारी छुट दिने गरेको छ।

Leave a Reply