म्याग्दीको अन्नपूर्ण गाँउपालिका भलिबल संघ गठन सम्पन्न भएको छ । गाउँपालिकाका पुर्व भलिबल खेलाडी सुदर्शन राम्जालीको अध्यक्षतामा भलिबल संघ गठन गरिएको हो ।
गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं २का अध्यक्ष ओम प्रसाद फगामीको प्रमुख आथित्यतामा गठन भएको संघको उपाध्यक्ष दिलिप बरुवाल, सचिब प्रेम रन्तिजा,कोषध्यक्ष टिकाराम थापा, सह–सचिव सिर्जना पाईजा रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा हेमा पुर्जा योगेश पाईजा, चन्द्र गुरुङ, रिखिराम पुर्जा पुन, मेलिना ज्वारचन, भिम बहादुर सेर्बुजा, भिमलाल बुबुढाथोकी रहेको र एक जनालाई अकों बैठकमा मनोनित गर्ने निर्णय भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
संघले प्रमुख सल्लाहकारमा सुरत केसी, सल्लाहकार गोविन्द थापालाई समेत चयन गरेको छ । म्याग्दीमा विद्यालयस्तरबाटै खेलकुद गतिविधि सञ्चालन गर्ने गरी संघले विभिन्न कार्यहरु गदैं आइरहेको छ । म्याग्दीमा भलिबलको राष्ट्रियस्तरको कर्वड हल स्थापनाको अभियानमा रहेको संघले जिल्लाका सबै पालिकामा संघ गठन गरेको छ।