अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा सन् २०१४, सन् २०१५ मा माउण्ट एभरेष्ट आवासीय माविले उपाधी जित्दा टिपेन पुन मगर उत्कृष्ट खेल्ने मध्येका एक खेलाडी थिए । माउण्ट एभरेष्टबाट मैदानमा उत्रिएका टिपेनको प्रशिक्षणमा यसपटक एभरेष्ट ग्लोबल एजुकेशन भिसा सर्भिसेस २२ औं संस्करण माउण्टले जित्यो । लगातार तीन वर्ष उपाधि जित्दै रनिङ शिल्ड नै आफ्नो बनाएको माउण्टले लगातार चार संस्करणमा उपाधी बिहिन बन्यो ।
खेलकुदमा आफ्नै लयमा रहेको माउण्ट एभरेष्ट प्रतियोगितामा सहभागि भएपनि उपाधी विहिन अवस्थालाई यसपटक रघु्गंगा गाउँपालिका–६ कोटगाउँका पुनले तोड्न सफल भएका छन् । खेलकुद क्षेत्रमा सक्रिय पुनले खेलाडीलाई खेलमैदान भित्र मात्रै नभई नियमित प्रशिक्षण सहित आवश्यक सा्रेतसाधनमा समेत निरन्तर प्रोत्साहन गर्ने गरेकाले पनि उपाधी जित्न सहज भएको विद्यालयका प्रिन्सिपल राजु केसी बताउँछन् ।
‘खेलाडीलाई यो अवस्थामा ल्याउन उहाँले धेरै मेहनत गर्नुभएको छ, अबका दिनमा खेल क्षेत्रमा पनि विद्यालय पुरानै लमा फकिन्छ’ प्रिन्सिपल केसीले भने । उनले खेल र शिक्षासँगै अन्य अतिरिक्त क्रियाकलापलाई सँगसँगै लैजाने गरेको बताए । विद्यालयका खेल शिक्षक पुनले खेलाडीलाई प्रतियोगितामा मात्रै नभई अन्य समयमा समेत तालिम सहितका आवश्यक गतिविधिमा सहभागि गराउने गरेको बताए ।
उनले खेलकुद गतिविधिलाई सघाउने अन्य शाररीक अभ्यासले समेत खेलाडीको खेलमा सहज भएको बताए । विद्यालयले खेलकुद गतिविधिलाई दिएको प्राथमिकताको समेत नतिजा भएको बताउँदै आगामी दिनमा समेत सबै प्रकारका खेलकुद गतिविधिमा विद्यार्थीलाई अब्बल बनाउने प्रशिक्षक पुनको भनाई छ । पुन म्याग्दी जेसीज कपमा उत्कृष्ट प्रशिक्षक समेत घोषित भएका थिए । जेसीज कप विजेता बनेपछि आइतबार सदरमुकाम बेनीमा विजय उत्सव समेत मनाएको छ ।