गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपउन्मुख थाली नाच प्रर्दशन गरिन । राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आर्कषण बन्यो ।

मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले हातमा जोडी थाल बोकेर नृत्य देखाउँदा सबैको ध्यान तानेको थियो ।

हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यले ‘नेपाल फेस्टिभलका प्रमुख अतिथि सिड्नी न्यू साउथ वेल्स राज्यका मुख्यमन्त्री क्रिस मिन्स, न्यु साउथ वेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर, विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान,समेत नेपाल फेस्टिभल लगायतका अतिथिहरूले समेत कलात्मक नाच देखेर दंग परे ।

वि.स २०२८ सालमा चिमखोलामा हिरामायाँ पुन, लोक गायिका धनकुमारी थापा सहितको टोलीले पञ्चेबाजाको तालमा प्रस्तुत गरेको थाली नाचलाई सोही गाउँबाट दुुई बर्ष अगाडी अस्ट्रेलिया पुगेकी गर्बुजाले चर्चामा ल्याएकी छन् । मोना महिला भलिबलकी क्याप्टेन समेत रहेकी गर्बुजाले हालसम्म सार्वजनिक सहित विभिन्न कार्यक्रम गरी १० स्थानमा थाली नाच प्रस्तुत गरेको बताइन् ।

‘म्याग्दी जिल्लाको पहिचान हो, हामीले यसलाई अस्ट्रेलियामा पनि देखाउन सफल भएका छौ, आफ्नै गाउँबाट सुरु भएको नाच देखाउन पाउँदा निकै खुसी छु’ दीक्षाले बेनीअनलाइनलाई भनिन् ।

यसबर्ष नेपाल फेस्टिभल सहित दुई सार्वजनिक कार्यक्रममा प्रस्तुत गरेको थाली नाच ब्यक्तिगत इभेन्टहरूमा भने थुप्रै पटक देखाउने अवसर पाएको गर्बुजाको भनाई छ ।

थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै नेपाली र विदेशीले निकै प्रशंसा गर्ने गरेको गर्बुजाको अनुभव छ ।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ। थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ । दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ।

समुन्द्रपारी म्याग्दीको मौलिक नृत्यलाई प्रस्तुत गर्ने अवसर पाएको र यसलाई निरन्तरता दिने मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताए । थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने गरेकाले मोनाले आयोजना गर्ने कार्यक्रममा नियमित जस्तै प्रस्तुत गरिने अध्यक्ष थापाले बताए। प्रवासमा रहेका म्याग्देलीकै कारण थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको छ ।

यता एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले म्याग्देलीको सक्रियता सहितको नृत्य प्रस्तुतले फेस्टिभललाई अविस्मरणीय बनाएको बताए । नेपाली संघसंस्थाको प्रतिनिधित्व रहेको फेस्टिभलमा म्याग्दीबाट पञ्चेबाजा र थाली नाच सहित मगर समु्दायको भेषभुषा,ढाकाटोपी, दौरा–सुरूवाल र साडीमा सजिएर म्याग्देलीले यसपटक फेस्टिभलमा आफ्नो पहिचान भल्काउन सफल भए ।

 

Leave a Reply