विद्यालयस्तरीय दोस्रो म्याग्दी भलिबल मंसीर अन्तिम साता मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा हुने भएको छ । जिल्ला भलिबल संघमा आयोजना तथा मंगला मावि र डनिङ आवासीय माविको सह आयोजनामा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।
प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरूबीच प्रतिस्पर्धा हुने महासचिव कुमार किसानले बताए । उनका अनुसार प्रतियोगिताको दर्ता मंसिर १५ गते साँझ ५ बजे सम्म तोकिएको छ ।
प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम हुने विद्यालयलाई नगद रु. ५० हजार र द्वितीय हुनेलाई नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ। त्यस्तै, महिला÷पुरुष शिक्षकतर्फ प्रथम हुनेलाई नगद रु. २५ हजार र द्वितीय हुनेलाई नगद रु. १३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।
त्यस्तै, विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई रु. ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई रु. ५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ। म्याग्दी कपको मुख्य प्रायोजकको रूपमा बेनी नगरपालिका–४ मा रहेको गौमती विकास कोष रहेको छ । प्रतियोगिताको प्रवाविधिक तथा रेफ्री संयोजक मंगला गाँउपालिका भलिबल संघले गर्नेछ ।