म्याग्दीको बेनी नगरपालिका-५,पुलाचौरस्थित जनकल्याण माविमा आयोजित बृहत शैक्षिक कार्यक्रम अन्तरगत मंगलबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बेनी सामुदायिक मावि प्रथम भएको छ ।
नगरपालिका भित्रका चार विद्यालयको सहभागिता रहेको प्रतियोगितामा पौलस्य मावि द्धितिय भएको जनकल्याण माविका सहायक प्रअ राजु किसानले जानकारी दिनुभयो । प्रतियोगितामा विजेतालाई क्रमश ३ हजार, १५ सय नगद, प्रमाणपत्र सहित सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिने छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको विद्यार्थी कल्याणकारी कार्यक्रम अन्तरगत काठमाडौँ विश्वविद्यालय (केयू) सँगको सहकार्यमा सोमबारदेखि विविध कार्यक्रमहरु भइरहेको छ । केयूका प्रतिनिधि निश्चल भट्टराईको नेतृत्वमा रहेको टोलीले विद्यार्थीको शैक्षिक, मानसिक तथा खेलकुद गतिविधिमा केन्द्रित भएर बिहिबारसम्म कार्यक्रम गर्ने विद्यालयका प्रधानध्यापक कमलप्रसाद पौडेलले बताउनुभयो । प्रतियोगिताका विभिन्न विधामा बेनी नगरपालिकाका १० भन्दा बढी विद्यालयले सहभागिता जनाउने छन् ।