सातै महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्थालगायत शुभेच्छुकले काठमाडौँमा भव्य स्वागत गरेका हुन् ।

निर्मल पूर्जा अर्थात् निम्स दाईले केवल २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी अक्टोबर २ मा विश्व कीर्तिमान कायम गरेका थिए । त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन् ।

पुर्जा विश्वका एक मात्र यस्ता पर्वतारोही हुन् जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजन सहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । सन् २०१९ को अप्रिल २३ बाट सुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पुरा भएको छ । अहिलेसम्म ८००० मिटर माथिका हिमाल आरोहणमा सर्वाधिक धेरै पटकको आरोहण रेकर्ड भएका निर्मल पुर्जा आफ्ना अद्धितिय कीर्तिमानहरू सहित नेपाली जनको को साहसका पर्यायका रूपमा चिनिएका छन् ।

Leave a Reply