तिलु शर्मा पौडेल/ म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवती स्थित भगवती युवा क्लबद्वारा विजया दशमीको अवसरमा आयोजित बडा दसैँ मेला सकिएको छ ।

मेलामा सञ्चालित विविध कार्यक्रम अन्तर्गत विभिन्न खेलका फाइनल खेल सकिएसँगै मेला सकिएको हो । सोमबार वडा स्तरीय भलिबल, प्रौढ भलिबलको फाइनल खेल खेलाइएको थियो । वडा स्तरीय भलिबल प्रतियोगितामा कुल १५ टिमले भाग लिएका थिए ।

अन्य १३ टिमलाई पछि पार्दै फाइनलमा पुगेका आयोजक भगवती युवा क्लब र काउलेगौडा युवा क्लब घतान बिच बेस्टप फाईभमा खेलाइएको खेलमा तिन सेट आफ्नो पक्षमा पार्दै घतानले उपाधि जितेको छ । विजेता क्लबले रु १ लाख १० हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । उपविजेता आयोजक भगवतीले ६० हजार रुपैयाँ सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

प्रौढ भलिबल अन्तर्गत कुल ९ टिम सहभागी मध्य ७ टिमलाई पछि पार्दै फाइनलमा पुगेका भकिम्ले र पिप्ले बिचको खेलमा भकिम्लेलाई ३-१ को सेटमा हराउँदै पिप्पलेले उपाधि चुमेको छ ।

विजेताले ७० हजार र उपविजेताले ४० हजार सहित ट्रफ्रि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । मेला अवधिभर हरेक दिन सॉझ स्थानीय कलाकारले आफ्ना सागितिक प्रस्तुति दिए । म्याग्देली भर्षटायल गायक सम्भोज मल्लले आइतबार सॉझ आफ्ना प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यहाँको भगवती कोत मन्दिरमा नवमीको दिनमा राँगोको बली दिइने गरिन्छ ।

तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दीरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

Leave a Reply