म्याग्दीको रघुगंगा गाउँपालिका-३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको दृष्टिविहिन स्रोत कक्षालाई यूएईमा बहुराष्ट्रिय कम्पनी सञ्चालन गरिहनुभएका सफल नेपाली ब्यवसायी प्रकाश कार्कीले १ लाख आर्थिक र न्यानो कपडा सहयोग गर्नुभएको छ ।

रघुगंगा-२ भगवतीमा स्थायी बासिन्दा कार्कीले आमा नैनकली कार्की र दिदी सुनिता भण्डारीमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको ६० औँ बार्षिक उत्सव विविध कार्यक्रमको अवसरमा समाजसेवी कार्कीले कार्कीले दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले विश्वबजारमा आफ्नो फरक पहिचान बनाउनुभएका सहयोगदाता कार्कीलाई धन्यवाद दिदैं आगामी दिनमा पनि रचनात्मक कार्यमा सहकार्यका लागि अनुरोध गर्नुभयो ।

२२ बर्ष अगाडी दुबईमा मजदुरी गर्न जानुभएका सहयोगदाता कार्की अहिले विश्वबजारमा बिक्री हुने तीनवटा ब्रान्ड उजोबा, निसा र ब्युटी किल्निकका कस्मेटिकका विभिन्न २ सयभन्दाब बढी सामानहरू उत्पादन गर्ने ट्रेन्स फर ब्युटी एण्ड प्रसनल केयर रिकोसटीङ म्यानुफ्याकचर कम्पनीको सञ्चालक हुनुहुन्छ ।

उहाँको दुबई र इराकमा उद्योग छ भने करिब ३ सय बढी नेपाली र विदेशीले रोजगारी समेत पाएका छन् भने करिब १ सय २२ देशमा सामान निर्यात हुने गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिम बहादुर शाहीले एसइई परिक्षामा गाउँपालिकाभित्रमा लगातार उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयको शैक्षिक र भौतिक सुधारको क्षेत्रमा समुदाय, सरोकारवाला र सहयोगदाताहरुको सहयोगबाट विद्यालयको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका सल्लाहकार निलकण्ठ सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी, चन्दादाता ठाकुर प्रसाद शर्मा, राहुघाट हाइड्रोका प्रशासन प्रमुख रविन्द्र आले, पवित्र आमा समूहका उपाध्यक्ष कमला शर्माले मन्तब्य राख्नु्भएको थियो भने विद्यालयका प्रअ बिजय शर्माले विद्यालयको बार्षिक प्रगति र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका सदस्य कमला केसीले स्वागत र विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक अर्जुन पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply