म्याग्दी बहुमुखी क्याम्पसमा दुई महिने पुरक पाठ्यक्रमा आधारित कम्प्युटर तालिम सुरू भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु, पूर्व विद्यार्थीहरु एवम् अन्य इच्छुकहरूलाई लक्षित गरी सञ्चालन गरिएको ६० घण्टे तालिमको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले उद्घाटन गर्नुभयो । तालिका लागि क्याम्पसले सार्वजनिक गरेको सूचनाको आधारमा सहभागीताका लागि निवेदन दिएका ४५ जना प्रशिक्षार्थी विद्यार्थीहरू सहभागी छन् । सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उक्त तालिममा प्रशिक्षक बाहेक बिआइसिटीमा अध्ययनरत विद्यार्थीले समेत सहजीकरण गर्ने जनाइएको छ । विश्व विद्यालय अनुदान प्राप्त म्याग्दी क्याम्पसले निर्माण गरेको पुरक पाठ्यक्रम कोर्स सञ्चालक समितिबाट पारित गरे पश्चात कार्यान्वयनमा ल्याइएको क्याम्पस प्रमुख श्रीधर सुबेदीले जानकारी दिनुभयो । हाल कम्प्युटर तालिम सहित साधारण लेखा व्यवस्थापन अंग्रजी र नेपाली भाषा सीपको समेत पुरक पाठ्यक्रम निर्माण गरी कार्यान्वयनको चरणमा रहेको छन् ।

हाल क्याम्पसमा कक्षा ११, १२ मा कम्प्युटर विज्ञान र स्नातक तह तर्फ बिआइसिटीको कार्यक्रमहरु सञ्चालनमा रहेका छन् । तालिमको प्रमुख अतिथि सञ्चालक समिति अध्यक्ष ढुंगाना, अध्यक्षता क्याम्पस प्रमुख सुबेदी र सञ्चालन सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले गर्नुभएको थियो । तालिमको उद्घाटनमा सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे र पशुपतिनाथ ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply