यूकेमा केन्ट भलिवल क्लवद्वारा आयोजित दोश्रो केन्ट भलीवल कपको उपाधी बागलुङले जितेको छ । सनसाईन मोर्गेजद्वारा मुख्य प्रायोजित,सगरमाथा गोर्खा नेपाली कम्युनीटी आस्फोर्ड र गोर्खा पिस फाउण्डेशनको सहयोगमा सम्पन्न भएको प्रतियोगितामा मोना यूके म्याग्दी भलिबल क्लव उपविजेता भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १६ सय पाउण्ड र द्धितियले १ हजार पाउण्ड सहति मेडल र ट्रफी हात पारेका छन् । प्रतियोगितामा व्यक्तीगत बिधा तर्फ ईमर्जिंग खेलाडी सोयल तामांग केन्ट,उत्कृष्ट सेटर बुद्ध तामाङ बागलुग,उत्कृष्ट स्पाईकर कृष्ण खत्री बागलुग,उत्कृष्ट डिफेन्डर रबीन पुन मोना यूके,उत्कृष्ट बल्कर अप्सन गोतामे मोना यूके,उत्कृष्ट सर्भर लुद्र राना मोना यूके,उत्कृष्ट प्रशिक्षक राजेश छन्त्याल बागलुङ रहेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी शंकर थापा बागलुङ रहेको केन्ट भलिवल क्लवले जनाएको छ ।

क्लबको अध्यक्ष नारायण पुन र सगरमाथा गोर्खा नेपालीज युथ कम्युनीटीका अध्यक्ष शिखर लिम्बुको संचालन,कार्यक्रम संयोजक भीम राईको अध्यक्षता एवं सगरमाथा गोर्खा नेपालीज कम्युनीटीका अध्यक्ष डम्मर लीम्बुको प्रमुख आतिथ्यता र फोक्स्टन नेपाली कमीटीका अध्यक्ष क्याप्टेन राम पुन र गोर्खा पिस फाउण्डेसनका अध्यक्ष भीम तुम्बाहाम्फे र गोर्खा महिला कम्युनीटीकी अध्यक्ष ऊमा गुरुङको बिशेष उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो। क्लवका अध्यक्ष पुनले आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा समेत रचनात्मक कार्यहरु गर्ने बताउनुभयो।

Leave a Reply