बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ।  केन्द्रले बलेवाको कालीगण्डकी, जैमिनी, कालीमाटी, नमूना, मिलिजुली, पाला र बागलुङ पशु स्रोत दुग्ध उत्पादक सहकारी संस्थालाई प्रतिलिटर २.५ का दरले दूधमा अनुदान दिएको हो। सात वटै सहकारीले एक वर्षमा छ लाख ५६ हजार लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गरेका छन्।

दूधमा अनुदान पाउँदा किसान दूध उत्पादनमा अग्रसर भएका स्थानीय रुद्रनाथ शर्माले बताए। उनका अनुसार पशु सेवा केन्द्रले दिएको तथ्याङ्कको आधारमा जैमिनी नगरपालिकाले पनि स्थानीय पशुपालक किसानलाई २.५ का दरले दूधमा अनुदान दिन थालेको छ।

Leave a Reply