माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा प्रकाश माविका सुधन घिमिरे सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट भएका छन् । घिमिरेले ३.८३ जिपिए ल्याएका छन् । जिल्लाको सम्रग नतिजामा घिमिरे द्धितिय भएको प्रकाश माविले जनाएको छ । त्यस्तै छात्रातर्फ प्रकाश माविकै सामुदायिक विद्यालयमा सुजना श्रेष्ठले ३.७९ जिपिए ल्याएकी छन् ।

यसबर्ष प्रकाश माविका असिम पौडेलले ३.८२ जिपिए, सन्देश पौडेल ३.८२ जिपिए र एन्जल खड्काले ३.७३ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले बेनीअनलाइनलाई बताए ।

म्याग्दीमा यसपटक १८ सय ४० जना विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । ननग्रेडमध्ये पूरक परीक्षा दिन पाउने विद्यार्थी ३१ प्रतिशत र अर्को बर्षको परीक्षा कुर्नुपर्ने विद्यार्थी ३२ प्रतिशतको हाराहारीमा रहेका छन् ।

Leave a Reply