पर्वतको जलजला गाउँपालिका-३ पर्वतबेनीको आर्दश चोकमा बाढीले एक घरमा क्षती र दुई घर प्रभावित भएका छन् । अविरल वर्षासँगै बस्ती माथि मल्लाज गाउँमा निर्माणधिन अवस्थामा रहेको अस्पताल र सडक विस्तारको क्रममा फालिएको माटो बगेर सरिता घिमिरेको घरभित्र प्रवेश गरेको थियो ।

बाढी घरभित्र पसेपछि अन्नपात, कपडालत्ता भिजेर क्षति भएको स्थानीय शिब जिसीले जानकारी दिनुभयो । स्थानीय आर्दश नगर टोल विकास समितिकी अध्यक्ष समेत रहनुभएकी घिमिरेको घरभित्र भलबाढी नै प्रवेश गरेको थियो ।

घरभित्र पानी पसेपछि यहाँका स्थानीय, पर्वत बेनी प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार गरेका थिए । सोही बाढीले स्थानीय जमुना घर्ती क्षत्रीको घरमा सामान्य क्षती पुगेको छ भने सेते दमाईको करेसाबारी, गोठमा क्षती पुग्दा पशुचौपाया घाईते भएको स्थानीयको भनाई छ ।

पर्वत बेनीको माथिल्लो क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका संरचनाहरु बनाउँदा माटोको उचित ब्यवस्थापन नहुदाँ भविस्यमा पनि बाढीको जोखिम रहेकाले तत्काल ब्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

Leave a Reply