म्याग्दीमा आइतबारदेखि पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरू गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाउन सुरू गरिएको हो ।

बेनी नगरपालिका र पाँच गाउँपालिकामा ४३ सय ६२ जना बालबालिकालाई जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए। अभियानको पहिलो दिन १२ सय ६० जना बालबालिकाले खोप लगाएका छन् । कुल लक्षित संख्याको २६ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियान अवधिभर विद्यालयमा नियमित विद्यार्थी पठाउन तथा बिरामी भएमा नजिकैको खोप केन्द्रमा लैजान समेत अभिभावलाई अनुरोध गरिएको छ । खोप लगाउँदा कुनै नकारात्मक असर देखिएको छैन । १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइदैछ ।

बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउन ५७ जना अनुगमत समिति समेत बनाइएको बताए। पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छ ।

Leave a Reply