म्याग्दी जेसीजले शाखा पदाधिकारीहरुको क्षमता विकासलाई लक्षित गरी प्रभावकारी भाषणकाल तालिम सञ्चालन गरेको छ। शनिबार बेनी नगरपालिका वडा नं ९ गलेश्वरमा आयोजित तालिममा नेतृत्व र ब्यक्तित्व विकासका लागि जेसीजका पदाधिकारीमा भाषणकलाको अनिवार्य आवश्यकता रहेको बताइएको थियो ।

म्याग्दी जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनन्जय कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, म्याग्दी जेसीजका संस्थापक एवम् बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा भएको तालिममा भाषणकला तालिमको आवश्यकता र नेतृत्वका लागि भाषण तथा विविधि विषयमा प्रशिक्षण दिइएको थियो ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ,प्रमुख प्रशिक्षक, पूर्व अध्यक्ष बिनयकुमार श्रेष्ठ र खम थापाद्धारा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, कार्यकारीणि उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत,तालिम संयोजक धनमाया श्रेष्ठ र समापन समारोहको संचालन महासचिवसज्जन श्रेष्ठले गरेका थिए ।

तालिमले शाखा पदाधिकारीहरुको भाषण कलामा निखारपन ल्याउने र समाज समुदाय मा नेतृत्वदायी भुमिका खेल्न सक्ने क्षमताको विकास गर्ने शाखा अध्यक्ष बानियाँले बताए ।

Leave a Reply