म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा आयोजित मंगला गापास्तरीय अन्तर आधारभूत तह (कक्षा १–८) बक्तित्वकला प्रतियोगितामा महेन्द्र रत्न माध्यमिक विद्यालय बरंजाआर्भाङका डिभिजन शर्मा प्रथम भएका छन् ।

बरंजाको खर्कमा स्थापित न्यु स्टार युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको बिबिध खेलकुद शैक्षिक एवं सांस्कृतिक कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम तर्फ “सभ्य समाज निर्माणमा युवाको भूमिका” शिर्षकमा बक्तृत्वकला प्रतियोगितामा जनप्रिय आधारभूत विद्यालय, बरंजा खर्कका एडिशन सापकोटा द्वितीय, महेन्द्र रत्न आधरभूत विद्यालय बरंजा, थर्पका पूर्णिमा वि.क. तृतीय र जनप्रिय आधारभूत विद्यालय, बरंजा खर्कका कन्जन दगाई पुनले सान्त्वना स्थान हासिल गरेका थिए।

प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेले क्रमशः ४५ सय, ३ हजार, १५ सय र ७ सय र प्रमाण पत्र प्राप्त गरेका छन् भने सहभागी सबै विद्यालयलाई नगद रु ५ सय, मायाको चिनो र सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा ८ जना विद्यार्थीहरुले सहभागी जनाएका थिए ।

प्रतियोगिताका बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी रुद्र बहादुर खड्का, जनप्रिय आधारभूत विद्यालयका वि.व्य.स. अध्यक्ष मिलन रोका, निर्णायक संयोजक मण्डली आधारभूत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पुन (क्लब अध्यक्ष), निर्णायक सदस्य मालिका आधारभूत विद्यालयका शिक्षक किसान खड्का र निर्णायक सदस्य जामुनाखर्क माविका शिक्षक गंग बहादुर खत्रीले नगद, प्रमाण पत्र र खादाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा समय व्यवस्थापनका अमर थापाले गर्नुभएको थियो भने क्लवका कलाकारहरुले विभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।त्यसैगरी हरेक बर्ष जस्तै क्लवले जनप्रिय आधारभूत विद्यालय खर्कका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

गतबर्ष क्लवले करिब ११ लाख बराबरको आफ्नो भवन जनप्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरेको थियो क्लबले क्रमशः खेल संगै शैक्षिक एवम् सामाजिक कार्यमा संलग्नता बढाउने क्लबको कार्ययोजना रहेको साथै यसपटक क्लबको नवनिर्मित गेट–शौचालय उद्घाटन पनि गरिने न्यु स्टार युवा क्लवका सचिव गणेश केसीले बताउनुभएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित बिविध कार्यक्रम अन्तर्गत खेलुकद र सांस्कृतिक कार्यक्रमहरु संचालन भैरहेका छन् ।

Leave a Reply