म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ मच्छिम घर बताउने दुई बालाबलिका सदरमुकाम बेनीमा अलपत्र परेका छन् । न्यूरोड स्थित बेनी संजीवनी हेल्थ क्लिनिकमा रहेका दुई बालबालिकाले घर ताकमको मच्छिम बताएको सञ्चालक कुमार बानियाँले बताउनुभयो ।

घरबाट आएको र अहिले अध्याँरो भएको बताएपछि आफन्तलाई बुझाउने तयारी भइरहेको पनि आफन्तको सम्पर्क नम्बर नभएकाले समस्या भइरहेको छ । बेनीबजारमा पछिल्लो समय बालबालिका अलपत्र अवस्थामा भेटिन थालेका छन् ।

 

Leave a Reply