म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ । बुधबार हल्का बर्षासँगै पात्लेखर्क सहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो । जिल्लाको माथिल्लो क्षेत्रमा माघ महिना लागिसक्दा समेत बर्षा र हिमपात नहुदाँ खेतीपातीमा असर गरिरहेको अवस्था हिमपात भएपछि किसान खुसी भएको स्थानीय अंकित पुनले बताए ।

हिमपातसँगै चिसो समेत बढेको छ ।‘हिमपात नहुदाँ अन्नबालीमा असर गरेको थियो, अहिले केही राहत महसुस भएको छ’ पुनले भने । हिमपातले बाली फस्टाउने भन्दै ‘हिमपातले चिसो बढे पनि किसानलाई भने खुसी छन्। उनले बस्तीको माथिल्लो क्षेत्रमा समेत बाख्लो हिमपात भएको छ ।

यसैबीच मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्रमा समेत सामान्य हिमपात भएको छ । मौसममा आएको परिवर्तनसँग चिसो बढेपछि बृद्धबृद्धा,र बालबालिकालाई सतर्कता अपाउन स्थानीय जनप्रतिनिधिले समेत अनुरोध गरेका छन् । जिल्लाको सदरमुकाम बेनीमा समेत चिसो हावाहुरी चलेको छ भने मौसम बादलिएको छ । यसबर्ष अघिल्लो बर्षको तुलनामा बाख्लो हिमपात भने कतै भएको छैन् ।

विगतमा हिमपातका कारण आवतजावतमा समेत समस्या हुने गरेकोमा यसबर्ष भने चिसोसँगै हिमाली क्षेत्रमा ताल, खानेपानीको धाराको पानी जमेपनि हिमपात नहुदाँ स्थानीय आश्र्चय चकित परेका थिए । यसैबीच हिमाली जिल्ला मुस्ताङमा समेत हिमपात भएको छ । हिमपातलाई ध्यानमा राखेर विभिन्न ठाउँमा रहेका प्रहरी चेकपोस्टलाई सचेतना अपनाउन भनिएको छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागी पुगेका पर्यटक अलपत्र नहुन भनेर सचेतना अपनाइएको छ ।

 

Leave a Reply