म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाले फुटसलको उपाधी जितेको छ । बुद्ध मार्टले आयोजना गरेको फुटसल प्रतियोगितामा लाफा एफसीलाई पेनाल्टी सुुटआउटमा १ का बिरुद्ध ३ गोल गदैं उपाधी जितेको मोना क्रोसियाका अध्यक्ष रुपेश सुन्दासले बताए ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । उपाधीसँगै मोना क्रोसियाले ७ सय यूरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । क्रोसियामा रहेका म्याग्देलीले पछिल्लो समय भलिबल सहित विभिन्न प्रतियोगितामा उपाधी जितेको छ । क्रोसियामा रहेका नेपाली संघसंस्थामा मोना सक्रिय मानिन्छ ।

Leave a Reply