गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मुुस्ताङ जिल्लामा सडक र पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिनुुभएको छ ।

प्रदेश सरकार मार्फत सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगतका दुुई वटा सडक र कालीगण्डकीमा निर्माणाधिन तीन वटा सडक पुुल ढिलासुुस्तीका कारण प्रभावित भएका छन् ।

ढिलासुुस्तिले थलिएका पुुल र सडकको अवस्था, समस्या पहिचान गरि निर्माणलाई पूर्णता दिनका लागि पहल गर्न मन्त्री जुुग्जालीले मंगलबार मुुस्ताङका आयोजनाहरुको निरिक्षण गर्नुुका साथै पूर्वाधार विकास कार्यालयका प्राविधिकहरुसँग छलफल गर्नुुभएको छ ।

सडक र पुल आयोजनाको निरिक्षणपछि मन्त्री जुुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचिमा राख्ने र कारबाही गर्ने प्रक्रीया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिनुुभयो ।

“स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजिकरण गर्नुुहोस,” उहाँले भन्नुुभयो “सहजिकरण गर्दा पनि निर्माण कार्यलाई तिब्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रीया अघि बढाउनुुहोस ।”

जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम, कुुञ्जो–छयो कालीगण्डकी पुुल, लेते–धम्पु सडक पुुल र मार्फा–छैरो कालीगण्डकी सडक पुुल निर्माण योजना निर्माण व्यवसायीले पर्याप्त मजदुुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेको कारण प्रभावित भएका पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख श्रेष्ठले बताउनुुभयो।

“तत्कालिन जिविसले ठेक्का लगाएको योजना समेत निर्माण सकिएको छैन,” उहाँले भन्नुुभयो “अन्नपूूर्ण संरक्षण क्षेत्रको झञ्जटिलो र लामो वातावरणीय सर्वेक्षण गर्नुुपर्ने प्रक्रीया, भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण पनि विकास आयोजना कार्यान्वयनमा ढिलाई भएको हो ।”

वि.स. २०७३ भदौ २२ गते तत्कालीन जिविस मुुस्ताङले स्वच्छन्द निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छयो–लेते पुुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ । भेरियसन अर्डर पछि ठेक्का सम्झौताको रकम रु. १४ करोड १९ लाख ६५ हजार ८८१ पुुगेको केवल स्टेट प्रविधिको १०० मिटर लामो पुुलको दुुईतर्फको पिल्लर ठडिएको छ ।

कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुुई वर्ष रोकिएको यो पुुल निर्माणको काम संघीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । हालसम्म पाँच पटकसम्म म्याद थप भएको छ ।

घरफझोङ गाउँपालिका स्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन वि.स. २०७६ फागुुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग रु. सात करोड असी लाख २४ हजार ९३ मा ठेक्का सम्झौता भएको थियो । वि.स. २०८० असार सम्म थप भएको समय गुुग्रिएको यो पुुलको भौतिक प्रगति ३५ प्रतिशत छ ।

देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुनु २६ मा रु. पाँच करोड पाँच लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पुु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । २०८० चैत सम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।

मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक आयोजना कार्यक्रम अन्तरगत जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवति जलजला जेभीसँग रु. २४ करोड ४५ लाख ७४ हजार छ सयमा ठेक्का सम्झौता भएको थियो ।

२०८० असोज मसान्तसम्म म्याद भएको १० किलोमिटर ५०० मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । पाँच दशमलब पाँच किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।

२०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ –थिङगर–किमलिङ–च्युुमजुुङु सडकको भौतिक प्रगति ९० प्रतिशत भन्दा बढी छ । रु. २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दुरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो ।

Leave a Reply