युरोपियन मुलुक पोर्चुगलमा पुगेका म्याग्देलीलाई मोना पोर्तुगलमा आवद्ध हुन अनुरोध गरिएको छ । हालै सम्पन्न भएको मोना पोर्तुगलको ८ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले पोर्चुगलमा आउने म्याग्देलीको संख्या ठूलो भएकाले मोनाका गतिविधिमा आवद्ध भएर कुनैपनि समस्या समाधान तथा आवश्यकतामा समेत सबै म्याग्देली हातेमालो गर्नुपर्ने बताइएको थियो ।

नवनिर्वाचित अध्यक्ष नरप्रसाद फगामीले मोनामार्फत पोर्तुगलमा हुने सामाजिक एवम् मानवीय सेवाका अभियानमा सबै म्याग्देलीलाई समेट्ने प्रयास गरिने बताए । ‘मोनाको सदस्यता एउटा सम्बन्ध जोडिने माध्यम बन्ने छ,‘सबै म्याग्देली मोनामा जोडिदाँ दुख पर्नेलाई साथ दिन सजिलो हुन्छ’ अध्यक्ष फगामीले भने ।

उनले यूरोपमा पोर्चुगल नै अन्तिम गन्तव्य बनाउनेको संख्या पनि बढ्दै गएको अवस्थामा मोनामार्फत खेलकुद, सामाजिक एवम् विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताए । त्यस्तै जन्मभूमी म्याग्दीमा समेत आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरुमा जोडिनुपर्नेमा जोड दिए ।

मोनामा आवद्ध भएपछि पोर्चुगिस भाषामा आइपर्ने कठिनाई, रेसिडेन्सी कार्ड बनाउन आवश्यक अनुभव आदानप्रसाद, कार्ड बनाउनलाई चाहिने कागजात र प्रक्रियाका बारेमा समेत मोनामार्फत सजिकरण गर्न सकिने बताइएको थियो ।  मोनाको नवनिर्वाचित समितिको पहिलो बैठकमा निर्वतमान कार्यसमितिलाई धन्यवाद सहित महाधिवेशनलाई सभ्य र भब्य बनाउन सहयोग गरेकोको सबैलाई धन्यवाद ज्ञापन गरिएको महासचिव तेजिन्द्र छन्त्यालले बताए ।

यसैबीच बैठकले उत्कृष्ट भलिबल खेलाडी सुनिल सुन्दासलाई सम्मान सहित पोर्तुगलमा स्वागत गरिएको थियो । त्यस्तै निवर्तमान खेलकुद संयोजक किसान श्रेष्ठ, निर्वतमान सांस्कृतिक संयोजक एलिजा राम्जाली पाइजा,तेजिन पुन,धोजेन्द्र भट्टचन,निल कुमारी फगामी,याम थापा मगर, प्रविन पुनलाई नयाँ कार्यसमितिको विभिन्न पदमा चयन गरिएको थियो । मोना पोर्तुगलले कोष बृद्धि, संस्थागत विकास सहित सम्रग गतिविधिका बारेमा हरेक महिनाको पहिलो आइतबार बैठकमार्फत सहजीकरण गर्ने जनाएको छ ।

Leave a Reply