गैर आबासीय नेपाली संघको ११ औं महाधिवेशनमा राधिका गुरुङ (टिका)ले पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संघको वर्तमान महिला सचिव एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाको पूर्व महिला उपाध्यक्ष गुरुङले संघको ११ औं महाधिवेसनमा पुनः सचिव पदमा उम्मेदवारी दिनुभएको हो ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोक निवासी गुरूङविगत २७ वर्षदेखि हङकङ, मकाउमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । एनआरएनएमा महिला अभियन्ताका समेत रहनुभएकी गुरुङले एनआरएनएको अभियानलाई थप उचाईमा पु¥याउन एकपटक पदाधिकारीमै बसेर काम गर्ने गरी उम्मेबारी दिएको बताउनुभयो ।‘मैले उम्मेदवारी घोषाण गरेपछि धेरैले साथ दिने बताइरहनुभएको छ,‘केही अधुरा काम पूरा गर्नु छ,‘विश्वभरका प्रतिनिधिमाझ विभिन्न माध्यमबाट पुग्दैछु’ गुरुङले भन्नुभयो ।

हङकङ सरकारबाट उच्च पदकबाट समेत सम्मानित भइसक्नुभएको छ । गुरुङ हङकङमा मात्र नभइ विश्वभरका नेपालीहरुमाझ चिर परिचित महिला अभियन्ताको रुपमा चिनिनुहुन्छ ।  सन् २०१८ मा पहिलो पटक हङकङमा एसिया प्यासिफिक रिजनल मिटिङ गराएर ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल गुरुङको उम्मेदवबारीसँगै अध्यक्षका प्रत्यासीहरुले समेत सकारात्मक सन्देश पठाएका छन् ।

गुरुङ साझा उम्मेदवारी बन्न सक्ने सम्भावना समेत रहेको छ। एनआरएनए हङकङको सदस्य, महिला संयोजक, कोषाध्यक्ष, उपाध्यक्ष र निरन्तर दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएको थियो । दोस्रो कार्यकालमा कोरोना महामारीमा उनको नेतृत्वमा भएको सहयोग अतुलनीय रहेको थियो ।१७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाँको डोनेशन उठाएर म्याग्दी सहित देशका विभिन्न जिल्लामा समेत वितरण गर्नुभएको थियो ।

Leave a Reply