म्याग्दीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो ।

तीन विधामा प्रतियोगिता संचालन गर्न लागिएको प्रतियोगिताको पुरुष तर्फ प्रतियोगित, ४५ माथिको खुल्ला भेट्रान्स र सि लेभल जिल्लास्तरीय प्रतियोगिता गरिने बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले बताए ।

प्रतियोगिताको पुरुषको खुल्लामा प्रथम हुनेले ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो र तेस्रोले समान २५÷१५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै ४५ माथिको खुल्ला भेट्रान्समा प्रथम हुनेलाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार भने सि लेभललाई ३० हजार, दोस्रो र तेस्रोले समान २०÷१० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त रहेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दी र म्याग्दी ब्याडमिन्टसंघसँगको सहकार्यमा आयोजित प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

पत्रकार सम्मेलनमा वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी ब्याडमिन्ट संघका अध्यक्ष हिमालय कार्की लगायतको उपस्थिती रहेको थियो । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए । पत्रकार सम्मेलनको लोकेश पुन मगरले सञ्चालन गरेका थिए ।

Leave a Reply