बेनी नगरपालिका-९,घतानका ६ बर्षिय निमेश खड्कालाई पोखराको सिर्जना विकास केन्द्रले जिम्मा लिएको छ । आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका खड्कालाई केन्द्रले उच्च शिक्षासम्मको लालनपालन र शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित जिम्मा लिएको छ।

‘बुबाको जेलमै मृत्यु, आमा जेलभित्र, छोराको बिचल्ली’ शीर्षकमा बेनीअनलाइनबेनी साप्ताहिक पत्रिकामा समाचार प्रकाशित भएपछि केन्द्रले चासो देखाएको थियो।

उच्च अदालत बागलुङबाट कर्तब्य ज्यान मुद्धामा २० बर्ष जेल सजाय भोगिरहेकी आमाको सहमतिमा आवश्यक कागजात तयार गरी वडा नं ९ का वडा अध्यक्ष चक्र केसीाले पोखराको सिमलचौरमा अवस्थित केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेल लगायतका पदाधिकारीलाई जिम्मा लगाएका थिए ।

बेनीस्थित शिखर होटलका सञ्चालक कृष्णप्रसाद बरुवालले अस्थायी संरक्षण गरेका निमेशको घरमा रेखदेख गर्ने कोही नभएपछि उच्च शिक्षासम्मका लागि बालकका आमाको लिखित अनुमति र आफन्तको समेत उपस्थितीमा केन्द्रले जिम्मामा लिएको वडा अध्यक्ष केसीले बताए ।

‘त्यहाँको वातावरणमा उनलाई सहज हुन्छ,‘म्याग्दीबाटै लगिएका अन्य बालबालिका समेत छन, बेलाबेलामा भेट्न समेत जान्छु’ अध्यक्ष केसीले भने । उनले स्थलगत अनुगमन, संस्थागत गतिविधिका बारेमा केन्द्रको टोली बेनीसम्म आएर बालकको अवस्था बुझेको थियो ।

वडा, नगरपालिकाबाट कागजी प्रक्रिया पूरा गरी हस्तान्तरण गरेको बताए । ‘एउटा समाचारले बालकको उद्धार भएको छ,‘ सरकारले गर्न नसकेको काम गरेको काम केन्द्रबाट भएको छ’ अध्यक्ष केसीले भने ।

आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेको भन्दै भन्दै वडाले संरक्षण निमेशको नाममा माछापुच्छे« बैकमा खाता खोलिएको खातामा जम्मा भएको रकम समेत भविस्यमा आवश्यकता अनुसार शिक्षादीक्षामै खर्च गर्ने बताए । जेलमा रहेकी आमा मनीषाले आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गरेकी छिन् ।

सन्तानको सबभन्दा ठूलो खुशी आमा भएकाले आमाको अभाव हुन नदिने गरी उचित संरक्षण गर्ने केन्द्रका निर्वतमान अध्यक्ष पौडेलले बताए ।उनले द्धन्द्ध पीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा,स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा अन्य काम गर्दै आएको बताउँदै बाबुआमा गुमाएका गरिब साहारविहीन बालबालिकाको अभिभावक बनेर धेरै बालबालिकाको उद्धार गरेको समेत बताए ।

Leave a Reply