म्याग्दीको सदरमुकाम बेनीस्थित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई लक्षित गरी आयोजित दुईदिने दन्त स्वास्थ्य शिविरमा करिब १ सयले चेकजाँच गरेका छन् ।

गणेशटोलमा कोर स्माइल डेन्टल क्लिनिकसँग सहकार्य गरी सञ्चालन गरेको शिविरमा दाँत भर्ने, निकाल्ने, सफा गर्ने सेवा प्रदान गर्नुका साथै बिरामीलाई आवश्यक परामर्श दिइएको सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले बताए ।

उनले सेयर सदस्यलाई सहकारी शिक्षा, विभिन्न तालिमका साथै सेवामुलक कार्यमा समेत प्राथमिकता दिने गरेको बताए । दन्त चिकित्सक डा. मोचन श्रेष्ठले शिविरमा आएकामध्ये धेरैजसोको दाँतमा किरा लाग्ने समस्या देखिएको बताए ।

कोर स्माइल डेन्टल क्लिनिकका सञ्चालक समेत रहेका डा.श्रेष्ठले दाँतको सुरक्षाका लागि सतर्क हुनुपर्ने बताए । न्यु धौलागिरी सहकारीले म्याग्दीका सबै ६ वटा र छिमेकी जलजला गाउँपालिकाको १ गरी ७ वटा केन्द्रमा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply