पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा निर्धारित समयमा सुरु भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव शान्त वातावरणमा अघि बढेको छ। निर्वाचनका विषयमा विद्यार्थी संगठन बिचको विवाद, तालाबन्दीले चुनावको अन्यौल बढेको अवस्थामा अन्तिम समयमा भएको सहमतिसँगै चुनावी मैदानमा होमिएका विद्यार्थीको मतदानस्थल आसपासका क्षेत्रमा सद्भावमय चुनावी माहोल देखिन्छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट अध्यक्ष पदमा भिममायाँ रोका, नेपाल विद्यार्थी संगठनबाट अध्यक्षमा गौरव आर्चायले चुनाव एक प्रक्रिया भएपनि सहकार्य र सहमतिबाटै अगाडी बढ्ने प्रतिबद्धता अनुसार चुनावी मैदानमा उत्रिएको बताउँछन् ।

राजनीतिक मुद्धा फरक भएपनि विद्यार्थीको हकहित र क्याम्पसको उन्नतीका लागि सधै साथमा रहेको दुबै उम्मेदवारको भनाई छ । स्ववियू सभापतिका उम्मेदवार रोका र आचार्यले चुनावपछि क्याम्पसको शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीको हितमा हुने गरी सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

मतदान केन्द्र नजिकै भेटिएका अनेरास्ववियूको तर्फबाट सचिवमा रविन शाही,कोषाध्यक्षमा अनेरास्ववियूको तर्फबाट कोषाध्यक्षमा तारा राना र नेविसंघबाट प्रविणा क्षत्री घर्तीले समेत विद्यार्थीका एजेण्डामा कहिल्यै टाढा नभएको बताए । पश्चिम क्षेत्रको शैक्षिक धरोहर मानिएको क्याम्पसले क्यूएए प्राप्तीको अभियानमा स्ववियूमार्फत काम गर्ने प्रमुख लक्ष्य सहित विद्यार्थीको हकहितका लागि काम विद्यार्थीको प्रतिबद्धता रहेको छ ।

निर्वाचनको प्रक्रियामा असहमति जनाएपनि अखिल क्रान्तिकारीका उम्मेदवारले समेत मतदान केन्द्रमा पुगेर मत दिएकाले चुनावलाई विद्यार्थीले उत्सवको रुपमा लिएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए ।स्ववियू निर्वाचनपछि क्याम्पसका शैक्षिक, भौतिक तथा अन्य योजनाहरुमा समेत विद्यार्थी यूनियनसँग सहकार्य गर्न सहज हुने क्याम्पसले जनाएको छ । यो समाचार तयार पार्दासम्म १ सय ३२ जनाले मतदान गरिसकेका छन् । टाढाटाढा भएका विद्यार्थी समेत मतदान गर्न आएका छन् ।

Leave a Reply