निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीले एसईईमा सर्वोत्कृष्ट सहित विभिन्न विधाका ३३ जना विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार बेनी नगरपालिका–४,सिंगा तातोपानीमा आयोजित कार्यक्रमको उद्घाटनमा गएको एसईईमा४ जिपिए ल्याएका उत्सव सापकोटा र उनका अभिभावक र विभिन्न विद्यामा संस्थागत विद्यालयबाट ३–३ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन गदैं जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले संस्थागत विद्यालयको शैक्षिक विकासमा ठूलो योगदान रहेको बताउनुभयो । उहाँले शैक्षिकसँगै अन्य क्रियाकलापलाई समेत निरन्तरता दिनुपर्ने बताउनुभयो ।सोही अवसरमा सामाजिक विकास कार्यालयमा प्रमुख रमेश थापा, गण्डकी प्रदेश सदस्य राजु केसीले बोल्नुभएको थियो ।

सोही अवसरमा जिल्लास्थित निजी विद्यालयका बिच हाजिरिजवाफ प्रतियोगितामा प्रथम लिटिल गार्डेन एकेडेमी, द्धितिय बेनी आवासीय मावि र सान्त्वना केवी एकेडेमी भएको थियो । प्रथम, द्धितिय र तृतिय भएकालाई क्रमश बेनि बोर्डिङ ३गलेश्वर आवासीय सान्त्वना केवि एकेडेमी जम्मा सहभागी विद्यालय ९ हजार, ६ हजार र ३ हजार नगद र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता हिरा पुन र सञ्चालन सचिव दिपक सबेदीले गर्नुभएको थियो । म्याग्दीमा प्वाव्सनमा २८ विद्यालय आवद्ध छन ।

Leave a Reply