बैवाहिक बर्षगाँठमा गरिने फजुल खर्च कटाएर एक दम्पत्तीले विद्यालयलाई सहयोग गरेका छन् । बेनी नगरपालिका वडा नं ६ स्थित थाकनपोखरी आभारभुत विद्यालयका निर्वतमान विब्यस अध्यक्ष हरीप्रसाद पौडेल र धर्मपत्नी चन्डिका पौडेलले २४ औ वैवाहिक वर्षगाँठको उपलक्ष्यमा विद्यालयमा विद्युतीय उपकरण स्पिकर सहयोग गर्नुभएको हो ।

लामो समयदेखि सामाजिक एवम् शैक्षिक क्षेत्रमा सक्रिय हरिप्रसाद पौडेलले विद्यालयको नियमित तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने गरी १५ हजार बराबरको सहयोग गर्नुभएको विद्यालयका प्रधानध्यापक चन्द्रमणी पौडेलले बताउनुभयो ।

विद्यालयमा नेतृत्वसँगै विभिन्न रचनात्मक क्रियाकलापमा समेत संलग्न रहनुभएको पौडेल दम्पत्तीलाई स्थानीयबासीले समेत धन्यवाद दिएका थिए । राजनीति, सहकारी तथा गैरसरकारी संस्था, समाजसेवाको क्षेत्रमा थुप्रै कार्यक्रम गर्नुभएका पौडेलले भविस्यमा आफुहरुले थप सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply