उम्मेदवार परिचय:-सामाजिक र राजनीतिक यात्रामा भिजेका हरिकृष्ण श्रेष्ठ

0
22

बि.स २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा सदरमुकाम बेनीबजारमा जन्मिएका हरिकृष्ण श्रेष्ठ आगमी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार छन् ।

लामो राजनीतिक र सामाजिक सेवा गरेको अनुभव रहेको नेता श्रेष्ठलाई म्याग्दीमा इमानदार, क्षमतावान र जनताको मर्म बुझने नेताको रुपमा समेत चिन्छन् । म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा होमिएका श्रेष्ठले सामाजिक संस्थामार्फत समेत धेरै काम गरेका छन् । उनले आफ्नो ब्यवसायसँगै विभिन्न अभियानमार्फत म्याग्देलीसँग जोडिएका छन् ।

जिल्लाको विकास र समृद्धिका लागि नेकपा एमालेलाई मतदान गर्न अनुरोध सहित चुनावी अभियानमा होमिएका श्रेष्ठले आफ्नो क्षमतालाई थप जनताको पक्षमा काम गर्नका लागि पार्टीले सर्वसम्मत उम्मेदवार बनाएकाले थप उत्साहित भएर चुनावी अभियानमा छन् । श्रेष्ठले आइकमसम्मको अध्ययन गर्नुभएको छ ।

श्रेष्ठका एक श्रीमती र तीन छोरी छन । श्रेष्ठ निजामती सेवाको लेखा समुहबाट राजिनामा दिएर सकृय राजनीतिमा आएका छन् ।प्रतिनिधि सभाका लागि एमालेबाट उम्मेदवार बनेका श्रेष्ठ ०३६ सालदेखी तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पा“चौबाट विद्यार्थी राजानीतिमा प्रवेश गरेका थिए । श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए ।

०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बन्नुभएका श्रेष्ठ ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बनेका थिए । हाल एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्यको भूमिकामा रहेका श्रेष्ठ राजनीतिसँगै सामाजिक कार्यमा उत्तिकै सक्रिय रहेकाले मतदातामाझ परिचित छन् ।

Adv

श्रेष्ठ ०५४ देखी ०५९ सालसम्म अथुङ्गे गाविसका अध्यक्ष भएर काम गरेका थिए । म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, बेनी खानेपानी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गरेकाले अव उनी संसदबाट म्याग्देली जनताको काम गर्ने पक्षमा छन् ।

पछिल्लो समय बेनी बजार संरक्षण योजनामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्रेष्ठ सामाजिक कार्यमा राजनीतिभन्दा सहकार्य गर्न रुचाउँछन् । जनताको सेवा गर्न पेशा र व्यवासाय छोडेर राजनीति गरेकाले यसपटक मतदाताको रोजाईमा पर्ने उनको लक्ष्य छ । जिल्ला पार्टीले श्रेष्ठलाई सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो । उम्मेदवार सिफारिस भएसँगै श्रेष्ठले जिल्लाको अति विकट गूर्जाबाट चुनावी अभियान सुरु गरेका थिए ।