अर्थुङ्गे यूवा क्लवको आयोजनामा सोमबार देखि निःशुल्क दन्त शिविर सुरु भएको छ । क्लवको आयोजनामा सुरु भएको छैठौ अर्थुङ्गे कपको अवसरमा हिमालय परियोजनाको प्राविधिक सहयोगमा जामुनाखर्क माविमा आयोजित शिविरको पहिलो दिन ३९ जना स्थानीय बासिन्दाहरुले सेवा लिएका छन्। बेनी नगरपालिका–६,अर्थुङ्गेमा सामाजिक एवम् खेलकुद क्षेत्रमा सक्रिय रहेको क्लवले आयोजना गरेको प्रतियोगिता अवधिभर शिविर सञ्चालन हुने भएकाले इच्छुकले सेवा लिन सक्ने क्लवका अध्यक्ष शिशिर शाहीले बताउनुभयो ।

शिविरमा चेकजाँचको क्रममा हेल्चेकाईले दाँतमा खरावीका साथै थप उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरु समेत भेटिएको शिविरका स्वास्थ्यकर्मीको भनाई छ । क्लवको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको बताउँदै अनुभवी स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शिविर भइरहेको छ । यसैबीच फुटबल प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ ।Adv

प्रतियोगिताको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज सहितका कलाकारको विषेश प्रस्तुती रहने जनाइएको छ । क्लवले स्थानीयस्तरमा सडक मर्मत, विपन्नको उपचार तथा राहत लगायत रचनात्मक कार्य गर्ने गरेको छ । प्रतियोगिताको जिल्ला समन्वय समितिको प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply