प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीका उम्मेदवारको टुंगो लागेको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेश ‘क’ देबेन्द्रबहादुर केसी र प्रदेश ‘ख’ मा यामबहादुर गर्बुजा उम्मेदवार बन्ने भएका छन् ।

यसअगाडी नै जिल्लाबाट प्रतिनिधिसभाका लागि नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष एवम् गण्डकी प्रदेश सदस्य श्रेष्ठको एकल सिफारिस भएको थियो भने जिल्लाबाट प्रस्ताव गरिएका आकंक्षीबाट केसी र गर्बुजालाई केन्द्रिय कार्यालयले उम्मेदवारका लागि चयन गरेको हो ।

केसी जिल्ला अध्यक्ष एवम् पुर्व जिल्ला समन्वय समितिका प्रमुख हुनुहुन्छ भने गर्बुजा एमालेका गण्डकी प्रदेश सदस्य हुनहुन्छ । प्रदेश क अन्तरगत बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका पर्छ भने प्रदेश ख अन्तरगत मंगला, मालिका र धवलागिरी गाउँपालिका पर्छ । नेकपा एमालेले उम्मेदवारी टुंगो लगाएपनि गठबन्धन अन्तरगतका पार्टीहरुले भने अहिलेसम्म नाम सार्वजनिक गरेका छैनन् ।

Leave a Reply